back
CTIZAN AD

महोत्तरीमा सडक दुर्घटना बढ्यो, चैत पहिलो सातामै ३२ को मृत्यु

वि.सं.२०७५ चैत ९ शनिवार

591 

shares

चैत, बर्दिवास । महोत्तरीमा सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ को मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ को यसै अवधिमा २८ को सडक दुर्घटनामा मृत्यु भएको थियो । गत आवको कूल अवधिमा भने ८१ सवारी दुर्घटनाका घटनामा ४४ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए ।

चालू आवको गत साउन १ गतेदेखि यही चैत पहिलो सातासम्म ६८ सवारी दुर्घटनाका घटना भएका छन् । घटनामध्ये ३६ मोटरसाइकल परेका र मृतकको सङ्ख्या पनि मोटरसाइकल चालक र सवार नै बढी रहेको प्रनि सिंहले बताए ।

मृतकमध्ये १६ वर्षदेखि ३० वर्ष उमेर समूहभित्रका ३२ परेका थिए । यस वर्ष पनि यो उमेर समूहभित्रका २५ को सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयको अभिलेखमा उल्लेख छ । सवारी दुर्घटना धेरैजसो मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बढी हुने गरेका पाइएको छ । सडक दुर्घटनामा गत आर्थिक वर्ष २०७४÷७५ मा १४० र अहिले जारी आर्थिक वर्षको हालसम्मको अवधिमा ७० को अङ्गभङ्ग भएको छ । जिल्लामा सडक दुर्घटनाका घटना पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेका छन् ।

वि.सं.२०७५ चैत ९ शनिवार १३:३३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...