back
CTIZAN AD

सदस्यहरुको आयस्तर बृद्धि हुने गरी काम गर्न सहकारीहरुलाई मेयर चौधरीको आग्रह

वि.सं.२०७५ चैत १० आइतवार

654 

shares


१० चैत, घोराही उपमहानगरपालिका दाङ्गका मेयर नरुलाल चौधरीले सहकारी संस्थाहरुले आफ्ना सस्यहरुको आयस्तर बृद्धिगरी जिवन पद्धतीमा टेवा पुर्याउन सके मात्र वास्तविक रुपमा सहकारी संस्था संचालन गरेको ठहरिने बताएका छन्।

उक्त अबसरमा उनले उत्पादनमुलक कार्य गर्न चाहने सहकारी संस्थालाई आवश्यक सहजिकरण गर्न उमनपा तयार रहेको बताएका थिए ।
शनिबार राष्ट्रिय सहकारी बैंक दाङ्ग शाखाको आयोजनामा सम्पन्न ऋण, जोखिम तथा असुली ब्यवस्थापन तालिमको समापनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि मेयर चौधरीले सहकारी संस्थामा ऋण लगानी गर्दावाटै जोखिम उत्पन हुने हुदा आवश्यक सबै पक्षको सहि बिश्लेषण गरेर मात्र ऋण लगानी गर्न आग्रह गदै बैंकले अति आवश्यक बिषयमा तालिम संचालन गरेकोमा खुसी ब्यक्त गदै आगामि दिनमा पनि यस्ता तालिमहरु निरन्तर संचालन गर्न आग्रह गरेका छन्।

उक्त तालिमको समापन समारोह जिल्ला सहकारी संघ दाङ्गका अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षता, जिल्ला बचत तथा ऋण सहकारी संघ लि दाङ्गका अध्यक्ष रुपबहादुर खत्री, कृषि सहकारी संघ लि दाङ्गका अध्यक्ष पदमा आचार्य, राष्ट्रिय सहकारी बैंक दाङ्ग शाखा ब्यवस्थापन समिति निवर्तमान संयोजक भरत बुडाथोकीले मन्तब्य राखेका थिए । कार्यक्रममा महिला सहभागीको तर्फवाट राधिका गिरी बोल्दै तालिम निकै प्रभावकारी र फलदायी भएको बताउदै संस्था आगामि दिनमा प्रभावकारी रुपमा संचालन गर्न मद्धत पुग्ने बताएकी थिइन्। त्यस्तै पुरुष सहभागिको तर्फ वाट मन्तब्य राखदै ऋषिराम रिजालले बैंकको आयोजनामा सम्पन्न यो तालिम यस भन्दा अगाडि बिभिन्न संघ्संस्थावाट लिएका तालिम भन्दा निकै ब्यवस्थित र नौलो बिधि वाट सहजै बझेर लागु गर्न सक्ने गरी संचालन भएकोमा आयोजकलाई धन्यवाद दिदै यस्ता तालिम कार्यक्रम निरन्तर संचालन गर्न आग्रह गरेका थिए । उक्त तालिममा यस क्षेत्रका ३३ सहकारीका ३८ जना सहभागिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम बैंकका दाङ्ग शाखा प्रमुख नारायण बेल्वासे, घोराही उपमहानगरपालीका सहकारी शाखा प्रमुख प्रेम के।सी र पब्लिक इन्जिनियरङ्गी कन्सलटेंसीका प्रोप्रराइटर इ राजेन्द्र चौधरीको सहजिकरणमा संपन्न भएको थियो ।

वि.सं.२०७५ चैत १० आइतवार १७:२७ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...