back

लोकगायक बद्री पंगेनी दुबईमा आउने

वि.सं.२०७५ चैत ११ सोमवार

591 

shares
NTC AD


लालबहादुर ढेंगा, दुबई, युएई । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष तथा चर्चित लोक गायक बद्री पंगेनी एउटा बिशेष सांगीतिक कार्यक्रमका लागि यहि २९ र ३० मार्चका दिन दुबईलाई संगीतमय बनाउन आउने भएका छन् ।

विगत ३ महिनादेखि बरदुबईको रेन्ट्री होटलको कम्पाउण्डभित्र संचालनमा आएको नशा लोक दोहोरी सांझको बिशेष निमन्त्रणामा आउने भएका हुन् । भर्खरै मात्र संचालनमा आएको उक्त दोहोरी सांझले प्रवासको भूमिमा पनि आफ्नो देशको कला, संस्कृति, भेषभूषा, खानपानको स्वादलाई उजागर गर्दै संगीतका पारखीहरुलाई सांगीतिक माहौलमा रंगाउदै आएको पाईन्छ । सांगीतिक कार्यक्रममा अतिथि कलाकार बद्री पंगेनी, नारायण न्यौपाने, घमिन्द्र राना, चिज गुरुङ, लिलाराम सुस्लिम, निशान चौधरी, साधुराम रोका, अम्विका पुन, शुशिला गुरुङ, प्रतिभा सापकोटा, पूर्णिमा गुरुङ र रन्जिता लामाको वेजोड प्रस्तुतिहरु रहने छन् ।

खासगरी भन्ने हो भने गायक पंगेनीका लागि दुबई नौलो रहेन । उहांका लागि दुबई पानी पढेरो जस्तै भई सकेको छ । हेर्दामा गहुं गोरो आर्कषक चेहरा र सुरिलो स्वरले युएईका दर्शकहरुको मन जित्नमा सफल भएका छन् । सबैको लोकप्रिय गायक दुबई आउने खबरले शुभचिन्तक र पाहुनाहरुमा निकै उत्साह देखिन्छ । फेरि पनि एक पटक दुबईको सहरमा गायक पंगेनी छाउने भएका छन् ।

नशा लोक दोहोरी सांझका संचालक हरि खड्का र प्रविन लामाले यस्ता खालका कार्यक्रमले पाहुना र कलाकारहरुको बिचमा नयां आयाम थपिने बताएका छन् । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि आयोजकहरु तमतयारीमा लागिपरेका देखिन्छ । पाहुनाहरुका लागि बिशेष रुपमा प्रवेश निःशुल्क गरिएको छ भने सोही दोहोरी सांझका मनैजर, कार्यक्रम प्रस्तोता र लोक गायक नारायण न्यौपानेले युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा उपस्थितिका लागि आग्रह समेत गरेको छ ।

वि.सं.२०७५ चैत ११ सोमवार १३:०१ मा प्रकाशित

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा एनआरनए युकेको श्रद्धान्जलीसभा

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले भदौ...

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

पाल्पा समाज जापानमा नयाँ नेतृत्व, अध्यक्ष चुनिए वविन राना

जापानमा रहेका पाल्पालीहरुको साझा सस्था पाल्पा समाज जापानको चौथो अधिवेशनले...

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

सेप्टेम्बर १, २०२५ । नेप्लिज एशोसिएसन इन साउथवेस्ट अमेरिका (Nepalese...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा...

एनआरएनए युगान्डाकी अध्यक्ष रमा बनिन् मिसेज इन्डिया वल्डवाइड २०२५

एनआरएनए युगान्डाकी अध्यक्ष रमा बनिन् मिसेज इन्डिया वल्डवाइड २०२५

मुम्बई । मुम्बईमा आयोजित मिसेज इन्डिया वल्र्डवाईड २०२५ प्रतियोगितामा युगान्डाबाट...

नेपाली समाज पारदिल्हो पोर्चुगलले मनायो हरितालिका तीज

नेपाली समाज पारदिल्हो पोर्चुगलले मनायो हरितालिका तीज

पोर्चुगल । नेपाली समाज पारदिल्हो पोर्चुगलले हरितालिका तिज मनाएको छ...