back
CTIZAN AD

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित

वि.सं.२०८२ भदौ १६ सोमवार

3.6K 

shares

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका पदाधिकारीदेखि कलाकारसम्मको उपस्थिति रहेकाले माहोल झन् विशेष बनेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाश शरण महतले महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

महतले एनआरएनएको निर्वाचन सर्वोच्च अदालतको आदेशअनुसार भएको भन्दै मलेसियामा निर्वाचित कार्यसमितिलाई समर्थन जनाए। उनले सामाजिक सञ्जालमा फैलिने नकारात्मक प्रचारको प्रतिवाद गर्दै ‘जय नेपाल’ सम्पूर्ण नेपालीको साझा नारा भएको स्पष्ट पारे।

महतले दूतावासको सीमित क्षमता, श्रमिक शोषण, बीमा र सेल्टर होमको आवश्यकता, फ्री भिसा जस्ता समस्याहरूलाई संसद र सम्बन्धित मन्त्रालयमा उठाउने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको र आईटी, जलविद्युत र पर्यटनले आगामी १५–२० वर्षमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे।

यसैगरी मलेशियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याउँदै गुटबन्दी, व्यक्तिगत स्वार्थ र आर्थिक विवादमा अल्झिन नहुने बताए।

उनले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दयनीय अवस्था उजागर गर्दै मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गरे। उनले श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा, भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए ।

यसैगरी एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्वको समिति सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णयअनुसार वैधानिक भएको स्पष्ट पारे। उनले वैधानिकतासम्बन्धी भ्रम चिर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र वैदेशिक रोजगारमा सुधारका लागि ठोस कार्ययोजना अघि सारे।

श्रेष्ठले मलेसियामा रहेका करिब एक लाख सुरक्षा गार्डहरूको शोषण अन्त्य गर्न, उचित तलब (जस्तै २००० रिंगेट) सुनिश्चित गर्न, सातामा एक दिन बिदाको व्यवस्था गराउन नेपाल र मलेसिया सरकारसँग लबिङ गर्ने घोषणा गरे।  उनले २४ घण्टा सञ्चालन हुने एआई–आधारित कल सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गर्दै श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य समस्यामा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाए। साथै, लगानी सम्मेलनमार्फत श्रमिकहरूको सानो पुँजीलाई व्यवस्थित गर्ने र जीवनयापनमा सहयोग पुर्‍याउने व्यवस्था मिलाउने घोषणा गरे।

यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया च्याप्टरभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जोड दिन आग्रह गरे।

त्यस्तै, एनआरएनए अभियन्ता तथा माओवादी केन्द्र एसिया प्रदेश अध्यक्ष शनि कुमार ओलीले अदालतको फैसला स्वीकार्दै महेश श्रेष्ठ नेतृत्वको समितिलाई वैधानिक मानेर सबैलाई एक जुट हुन आह्वान गरे।

महाधिवेशनमार्फत २०२५–०२७ कार्यकालका लागि इन्द्र नारायण लिम्बु एनआरएनए मलेसियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रममा कलाकार शोभा त्रिपाठी तथा बुद्ध लामाले सांगितिक प्रस्तुति दिएका थिए ।

अधिवेशनबाट अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिल कुमार केरुङ निर्विरोध बनेका छन् । उपाध्यक्षमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, बिष्णु चौधरी, बिनोद कुमार यादव र बिमल कुमार राना निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा शान्ति थापा निर्वाचित भएकी छन् । युवा संयोजकमा मातृका खतिवडा र महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध बनेका छन् । महासचिवमा प्रमोद शर्मा निर्वाचित भएका छन् भने सचिवमा रामकृष्ण कार्की र सबिन कुमार लोप्चन निर्विरोध निर्वाचित भए । सह–सचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सह–कोषाध्यक्षमा राम खड्का निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा बिशाल नेगी, राम बहादुर गुरुङ, अर्जुनबहादुर कार्की, सुमन कार्की, जयराम तिमील्सिना, भेख बहादुर घिमिरे, इश्वरकुमार आले मगर, प्रकाश गिरि, सायम्पा घले, प्रमोद कुमार महत्तो, जय प्रकास साह, डिल्ली न्यौपाने, सेर बहादुर गुरुङ, सन्जिप लिम्बु, दिपक थापा, राजेन्द्र लिङ्देन, रामबहादुर चन्द, राजेन्द्र घिमिरे, सन्तोष अधिकारी, शिब शंकर साह, मणी कुमार थापा, सुरज श्रेष्ठ, जितेन्द्रकुमार साह, शिव थापा, राजु श्रेष्ठ, पासाङ लामा, भोजकुमारी सुबेदी र कृष्णबहादुर खत्री चयन भएका छन् । निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरेको छ । साथै, उनीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरिएको छ ।

वि.सं.२०८२ भदौ १६ सोमवार ०९:०२ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...