back
CTIZAN AD

नेपाली समाज पारदिल्हो पोर्चुगलले मनायो हरितालिका तीज

वि.सं.२०८२ भदौ १० मंगलवार

3.3K 

shares

पोर्चुगल । नेपाली समाज पारदिल्हो पोर्चुगलले हरितालिका तिज मनाएको छ । अगस्त २४ का दिन समाजको आयोजनामा समाजका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षता र सिता थापाको प्रमुख आतिथ्यता रहेकाके उक्त कार्यक्रममा विशिष्ट अतिथि र अतिथिहरूमा पर्तुगलका महिला समाजसेवीहरू थिए ।

सोहि कार्यक्रममा विशिष्ट अतिथि सारा क्याटरिना टेक्सेरा अल्मेडा, अतिथिमा इनेस टाभरेस रोड्रिग्स र डायना सिल्भा समेत रहेकी थिइन् ।
कार्यक्रममा जुन्ता कार्यालय प्रमुख, अर्थात जुन्ताका अध्यक्ष, एन्टोनियो जोसे दा सिल्भा टावरेसले कार्यक्रमका लागि उक्त भवन निःशुल्क उपलब्ध गराउनुका साथै आफै उपस्थित भई नेपाली दिदी बहिनीहरुलाई हरितालिका तीजको शुभकामना समेत दिएका थिए ।
जुन्ताका अध्यक्ष,एन्टोनियो जोसे दा सिल्भा टावरेसले शुभकामनाकै क्रममा नेपाली समुदायको खुलेर प्रशंसा गर्दै साथ सहयोगका लागि सदैव तत्पर रहेको कुरा पनि व्यक्त गरे ।

शुभकामना मन्तव्यकै क्रममा विशिष्ट अतिथि र अतिथिहरूले पनि नेपाली समुदायको प्रशंसा गर्दै नेपाली दिदी बहिनीहरुसँगै कार्यक्रमको अन्तिमसम्म नाचगान गरि खुशी साटासाट समेत गरेका थिए । गरे ।

संस्थाका अध्यक्ष, धन बहादुर गुरुङले बोल्दै भने यो ठाउँमा यतिक्को उत्साह जनक उपस्थितले आफु निकै हर्षित महसुस गरेको भन्दै संस्था गठन पश्चात फलस्वरूप यो दिन आएको बताए ।
उनले, यो ठाउँमा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइहरू चाडपर्वहरूमा एकै ठाउमा एकैसाथ रहि खुशी साटासाट गर्ने अवसर प्राप्त गरेको भन्दै कहि कसैलाई कुनै दःुख पीडा परेका बखत पनि एकैसाथ उभिन तत्पर रहेको भन्दै कार्यक्रममा साथ सहयोगका लागि सबैमा आभार व्यक्त गरे ।
युवाहरूलाई आफ्नो समुदायसँग घुलमिल भई सामाजिक कार्यमा संलग्न हुन समेत उनले आग्रह गरेका थिए ।

 

वि.सं.२०८२ भदौ १० मंगलवार १०:४७ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...