back
CTIZAN AD

बिपी कोइराला क्यान्सर अस्पतालमा अतिरिक्त समयमा शल्यक्रिया सेवा

वि.सं.२०८२ भदौ १० मंगलवार

3.1K 

shares

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुन सुरुआत गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो । नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो । यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उहाँले जानकारी दिए ।

गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताए । सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ । अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा पोखरेलले विस्तारित सेवामार्फत उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताए ।

अस्पतालमा न्यूरो (नसा), हेड एण्ड नेक (नाक–कान–घाँटी), थोरासिस (छाती) जिआई (पेट) ब्रेस्ट (स्तन), युरोलोजि (मूत्रासय), गाइनोलोजी (पाठेघर), अर्थाेपेडिक्स (हाडजोर्नी), प्लाष्टिक शल्यक्रिया हुने गर्दछ । तीमध्ये प्लाष्टिकबाहेकका सबै शल्यक्रिया विस्तारित सेवामा हुनेछन् ।

कार्यकारी निर्देशक डा पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामीमध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताए । उनका अनुसार सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष चार हजार शल्यक्रिया गरिएको थियो ।

सन् २०२३ मा बहिरङ्ग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या एक लाख ६२ हजार थियो । सन् २०२४ को तथ्याङ्क आइनसके पनि निरन्तर बिरामीको सङ्ख्या बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।

वि.सं.२०८२ भदौ १० मंगलवार १०:४२ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...