back
CTIZAN AD

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

वि.सं.२०८२ भदौ १० मंगलवार

1.6K 

shares

फुङ्लिङ (ताप्लेजुङ) । मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ । पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले जानकारी दिए । यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उनले बताए ।

यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधि दिन सके धरै पर्यटक प्रकृतिक सुन्दरतामा घुम्न आउने सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए । तर, अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ ।

स्थानीयवासी वाङ्गे शेर्पा (थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर, पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ ।

यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्रकृतिक सुन्दरताको आनन्द लिनसक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी सङ्कलन गर्दै आउनुभएका व्यवसायी मिक्वाखोला-४ साँवा गाउँका मिलन लिम्बूले बताए ।

एक दिनमा सदरमुकाम फुङ्लिङबाट यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ । त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेहरू एक दिन र अलि विस्तारै हिँड्ने पर्यटक दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन् । पर्यटक लोदेनमा रहेका पोखरीको अवलोकन गरेर तोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताए । तर, लोदेन हुँदै तोक्पेगोला जान त्यति सहज बाटो नभएको लिम्बूले बताए ।

पाँच हजार ५०० मिटर उचाइ अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकाले लेक लाग्ने साथै बाटो निर्माण नभएकाले स्थानीयको सहायता चाहिने गरेको लिम्बूले बताए । उच्च हिमाली क्षेत्रमा भएकाले बाह्रै महिना हिउँ जमेर रहेकाले बाटो चिप्लो हुने जोखिम रहेको लिम्बूले बताए ।

विगतमा यहाँका तस्बिर, सामन्य भिडियो सामाजिक सञ्जालमार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । शेर्पाका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरी छन् । तर यस पोखरीको वैज्ञानिक अनुसन्धन हुन बाँकी रहेको शेर्पाले बताए । शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ । पोखरी तथा तालसम्बन्धी विज्ञहरूको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जिपीएस मापनजस्ता काम गर्ने योजना छ ।

यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पा जानकारी दिए । मानवले क्षति नपुर्‍याएसम्म यहाँका पोखरी आफैँमा संरक्षित रहने उनले बताए । उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ ।

पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ । यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसार गर्न चालु आर्थिक वर्षमा लोदेन क्षेत्रमा भिडियो सम्मेलन गर्नका लागि पालिकाले आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष शेर्पाले जानकारी दिए । आवश्यक घरवास (होमस्टे) सञ्चालनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

वि.सं.२०८२ भदौ १० मंगलवार ११:०८ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...