back
CTIZAN AD

स्थापना दिवशमा समाजवादी प्रेस संगठनले निकाल्यो प्रभातफेरी

वि.सं.२०८२ भदौ १० मंगलवार

597 

shares

वीरगन्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी निकालेको छ । संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पार्टी पत्रकारहरुको साथमा रहेको बताए ।

आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउँदै उनले मिडिया विरोधी विद्येयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रेस अभिव्यक्ति स्वतन्त्रताको विरोधमा राज्यले चालेका कदमको निन्दा गर्दै उनले सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयक स्वीकार्य नहुने बताए । प्रेसमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उनले मिडियामैत्री राज्य निर्माणका लागि सबै पत्रकार एकबद्ध हुनुको विकल्प नरहेको बताए ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमति व्यक्त गरेका थिए ।

वि.सं.२०८२ भदौ १० मंगलवार ११:३० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...