back
CTIZAN AD

हवाई आक्रमणमा १३ जनाको मृत्यु

वि.सं.२०७५ चैत १२ मंगलवार

792 

shares

१२ चैत, काबुल ।  अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरूले  जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन्,” अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरूले बताएका छन् । नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

फोटो:गुगल

वि.सं.२०७५ चैत १२ मंगलवार ०९:३८ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...