back
CTIZAN AD

पप्पु कन्ट्रक्सनले चारवर्ष लगाएर बनाएको पुल भत्काउने तयारीमा मन्त्री

वि.सं.२०७५ चैत १३ बुधवार

627 

shares

१३ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ठकेदारको लापरवाही र जर्वजस्तीका कारण टेकु र तीनकुनेको पुलमा समस्या देखिएको बताएका छन् ।

मंगलबार संघीय संसद्को विकास तथा प्रविधि समितिमा जवाफ दिदैं मन्त्री महासेठले पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुलमा सरकारी प्राविधिकलाई छलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको बताए । सुरुमै गुणस्तरहीन समान प्रयोग गरेको र रोक्न निर्देशन दिँदादिँदै प्राविधिकको उपस्थिति विना नै टेकु–कालीमाटी पुल ठेकेदारले राति ढलान गरेको मन्त्रीको भनाई छ ।

‘कागजपत्र अध्ययन गर्दै प्राविधिकले टेकु पुल निर्माण रोक्न निर्देशन दिँदा समेत ठेकेदारले काम अघि बढाएको भेटिएको छ,’ महासेठले भने, ‘राति काम गर्नु अन्यथा नभए पनि प्राविधिकको उपस्थिति विना काम गर्नु गलत हो ।’

दुवै पुल निर्माणमा प्राविधिकको भने कुनै गल्ती नभएको मन्त्रीको दावी छ । अव विग्रेको पुल भत्काएर सरकारले लगानी गर्न नपर्ने गरी पप्पुलाई नै निर्माण गर्न लगाउने उनले बताए । पुलमा देखिएका कमजोरीलाई इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट अध्ययन समेत भइसेको छ । बुधबारको नयाँपत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।

वि.सं.२०७५ चैत १३ बुधवार ०८:०९ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...