back
CTIZAN AD

अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित

वि.सं.२०७५ चैत १३ बुधवार

807 

shares

१३ चैत, काठमाडौँ । २३ वर्षमुनिको एएफसी–यू–२३० च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो ।

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक÷एक गोल गरे । खेलको २४औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३४औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए ।

त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ ।

मङ्गलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई÷दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो ।

वि.सं.२०७५ चैत १३ बुधवार ०८:५१ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...