back
CTIZAN AD

मौसम बदलीसँग भाइरल ज्वरोको सङ्क्रमण

वि.सं.२०७५ चैत १३ बुधवार

660 

shares

१३ चैत, डडेल्धुरा । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

बिरामीमध्ये बढी बालबालिका रहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन् । ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालका डा ललित सुरीले बताए ।

दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् ।

जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ । स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्वरले बढेको जोगबुढा अस्पतालले जनाएको छ ।

झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकाले जनाएको छ । रोगको सङ्क्रमण हुनेमा बढी बालबालिका र वृद्धवृद्धा रहेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए ।

मौसम बदलीका कारण पानी फोहर हुने हुँदा विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाइ छ । बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । वर्षाका कारण पानीका मुलमा फोहर मिसिने हुँदा भाइरलजन्य रोगको सङ्क्रमण बढेको उपक्षेत्रीय अस्पतालका ल्याव प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

वि.सं.२०७५ चैत १३ बुधवार ०८:५६ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...