back
CTIZAN AD

कतारमा पर्वतेहरु वनभोजमा रमाए

वि.सं.२०७५ चैत १३ बुधवार

624 

shares


दिल कुमार श्रेष्ठ, दोहा । कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरुले आफ्नै गाउँ जन्मभुमि जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो । आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाप र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज मनाए ।

हावा चलेको चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो । सामाजिक सद्भाव सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्यार्ड यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । पर्वतेहरु नेपाली कलामा पञ्चेवाजामा तालमाताल मिलाउदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो । रमाइलो गर्ने क्रमलाई जोड्दै समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रमा पुराना विषेश सहयोगी, कार्यसमिति र निर्वाचन समितिलाई सम्मान पत्रले सम्मान गरेको थियो । रमाइलोका लागी करिव १०० को हाराहारीमा देखिएका पवतेहरुको अनुहारमा खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो ।

सामाजिक सेवामा आफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाप र भाइचाराको माया साट्ने उद्देश्य समाजले पुरा गर्यो ।
समाजको साथ र सहयोगको लागी आफू सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि भट्टराईले पर्वतेहरुको प्रगतिको खुलेर तारिफ गरे । जिल्लालाई एतिहासिक सफल ब्यबसायिक स्थान रहेको बताए । त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक सदस्य भुपति भट्टराई रहेका थिए । उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरुलाई सस्थाका प्रथम उपध्यक्ष श्याम न्यौपानेले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सिेनाले गरेका थिए ।

वि.सं.२०७५ चैत १३ बुधवार ०९:१० मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...