back

वरिष्ठ नेता पौडेल : तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ

वि.सं.२०७५ चैत १४ बिहीवार

33 

shares

१४ चैत, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भने ।

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने बताए ।

मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उजले कांग्रेस संविधानमा भएका त्रुटिलाई सच्याउन चाहन्छ भने ।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताए ।

अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनले लगाए ।

वि.सं.२०७५ चैत १४ बिहीवार १२:५७ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...