back
CTIZAN AD

अमेरिका जाने नाममा दुई सांसदसहित दर्जन ठगिए

वि.सं.२०७५ चैत १५ शुक्रवार

543 

shares

१५ चैत, काठमाडौं । कर्णाली प्रदेशका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्धय अमर बहादुर थापा र सीता नेपालीलाई झुक्याएर दलालले उनीहरुको नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएका हुन् ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि संसदद्धयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अन्य व्यक्ति पनि ठगिएको खुलेको हो ।

रोल्पाका भरत डाँगीले सांसदद्धयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशब बहादुर कार्कीले फोन गरेर निम्ता दिएको पनि सांसद थापाले बताए । ‘महिला सम्बन्धी विषयमा महिला सांसदलाई बोलाउनु पर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन ।’ उनले भने । सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासर्पोट लिएर भिसा आवेदन दिएकी थिइन् । उनीहरुसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन ।

अमेरिका जान तयार भएकालाई रोल्पाका भरत डाँगी र मीना वलीको खातामा पैसा जम्मा गर्न लगाइएको थियो । सांसद थापाका अनुसार उनीहरुले १० जना भन्दा बढीबाट लाखौं रुपैयाँ ठगी गरेका थिए । शुक्रबारको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०७:२४ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...