back

नागरिकता बहसमा गैरआवासीय नेपाली, विज्ञ भन्छन -‘यी सबै हल्लाहरु हुन्’

वि.सं.२०७५ चैत १७ आइतवार

60 

shares

१७ चैत, काठमाडौ । प्रतिनिधि सभा राज्य व्यवस्था समितिमा विचारधिन रहेको नागरिकता संशोधन विधेयकमा गैरआवसीय नेपालीलाई अप्ठ्यारो पर्ने कुनै प्रावधान नरहेको बताइएको छ ।

पछिल्लो समय विभिन्न समाचार माध्यममा यस्ता भ्रामक समाचार आएकोले सजग रहि आ-आफ्नो काम गर्न गैरआवसीय नेपाली संघले आवहान गरेको छ । संघको आईसीसी सल्लाहकार,  नागरिकता ट्राक्सफोर्सका सदस्य तथा अधिवक्ता  सुरेन्द्र श्रेष्ठले संन्सारन्युज सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

अहिले रहेको दुई नागरिकताको प्रवधानमा कुनै फेरबदल नआएको श्रेष्ठको बुझाई छ । नेपाली नागरिकता त्यागी सकेको एनआरएनले फेरि पुरानै नागरिकताको प्रयोग गर्नु अवैध हुने यस अघिकै व्यवस्था हो–उनले भने ।

नेपालको संविधान २०७२ को धारा १४ को व्यवस्था प्रतिकुल हुने गरी नयाँ कानुनमा कुनै व्यवस्था नभएको उनको तर्क छ । बरु नयाँ देशको नागरिकता लिइसकेको व्यक्तिले पुरानो देशको राजनीतिक अधिकार सहितको नेपाली नागरिकता राख्नु दण्डनिय हुने उनको धारणा रहेको छ ।

कुनै पनि व्यक्तिले यस्ता दुइ वटा नागरीकता नराख्नु भन्ने आसय नयाँ विधेयकमा रहेको उनको बुझाई छ । अहिले पनि कुनै गैर आवसीय नेपालीले यस्ता दूइ वटा नागरिकता राख्नु गैर कानुनी रहेको श्रेष्ठले बताए । उनले भने, कुनै पनि देशका नागरीकता सम्बन्धी आ -आफ्नै प्रावधान छन् ।

नेपाली नागरीकले पनि नागरिकता प्राप्त गर्न निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । त्यसैले अहिले चलाइएका हल्लाहरुको पछि नलाग्नु नै बेस हुन्छ ।

वि.सं.२०७५ चैत १७ आइतवार ०९:३२ मा प्रकाशित

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...