back
CTIZAN AD

नागरिकता बहसमा गैरआवासीय नेपाली, विज्ञ भन्छन -‘यी सबै हल्लाहरु हुन्’

वि.सं.२०७५ चैत १७ आइतवार

894 

shares

१७ चैत, काठमाडौ । प्रतिनिधि सभा राज्य व्यवस्था समितिमा विचारधिन रहेको नागरिकता संशोधन विधेयकमा गैरआवसीय नेपालीलाई अप्ठ्यारो पर्ने कुनै प्रावधान नरहेको बताइएको छ ।

पछिल्लो समय विभिन्न समाचार माध्यममा यस्ता भ्रामक समाचार आएकोले सजग रहि आ-आफ्नो काम गर्न गैरआवसीय नेपाली संघले आवहान गरेको छ । संघको आईसीसी सल्लाहकार,  नागरिकता ट्राक्सफोर्सका सदस्य तथा अधिवक्ता  सुरेन्द्र श्रेष्ठले संन्सारन्युज सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

अहिले रहेको दुई नागरिकताको प्रवधानमा कुनै फेरबदल नआएको श्रेष्ठको बुझाई छ । नेपाली नागरिकता त्यागी सकेको एनआरएनले फेरि पुरानै नागरिकताको प्रयोग गर्नु अवैध हुने यस अघिकै व्यवस्था हो–उनले भने ।

नेपालको संविधान २०७२ को धारा १४ को व्यवस्था प्रतिकुल हुने गरी नयाँ कानुनमा कुनै व्यवस्था नभएको उनको तर्क छ । बरु नयाँ देशको नागरिकता लिइसकेको व्यक्तिले पुरानो देशको राजनीतिक अधिकार सहितको नेपाली नागरिकता राख्नु दण्डनिय हुने उनको धारणा रहेको छ ।

कुनै पनि व्यक्तिले यस्ता दुइ वटा नागरीकता नराख्नु भन्ने आसय नयाँ विधेयकमा रहेको उनको बुझाई छ । अहिले पनि कुनै गैर आवसीय नेपालीले यस्ता दूइ वटा नागरिकता राख्नु गैर कानुनी रहेको श्रेष्ठले बताए । उनले भने, कुनै पनि देशका नागरीकता सम्बन्धी आ -आफ्नै प्रावधान छन् ।

नेपाली नागरीकले पनि नागरिकता प्राप्त गर्न निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । त्यसैले अहिले चलाइएका हल्लाहरुको पछि नलाग्नु नै बेस हुन्छ ।

वि.सं.२०७५ चैत १७ आइतवार ०९:३२ मा प्रकाशित

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...