back

बारा र पर्सामा हुरीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो, ५०० घाइते (अपडेट)

वि.सं.२०७५ चैत १८ सोमवार

42 

shares

दिपेश पुनको वालबाट

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको वर्षासँगैको हावा हुरीका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने ५०० भन्दा बढी घाईते भएका छन् ।

उद्धारकार्य जारी रहेको र घाईतेहरुको नारायणी लगायतका उस्पतालमा उपचारका लागि लगिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उद्धार कार्य जारी रहेको र अहिलेसम्म २६ जनाको मृत्यु भएको गृहमन्त्रालयको तथ्यांकमा आएको बताएका छन् ।

‘उद्धार कार्यका लागि, नेपाली सेना, प्रहरी, शसस्त्र, स्थानीय तहका प्रतिनिधिहरु सबै जुटिसकेका छन् । सीमरामा नेपाली सेनाको हेलिकप्टर स्टाण्ड बाइ छ । आवस्यक परेमा गम्भीर विरामीहरुलाई काठमाडौं ल्याइनेछ ।’ प्रवक्ता  सुवेदीले संसारन्युजसँग भने, ‘घाईतेको संख्या ५०० पुगे पनि ती सबै गम्भीर होईनन्, केही सामान्य सपचार गरेर घर फर्किसकेका छन् ।’


प्रवक्ता सुवेदीका अनुसार काठमाडौंबाट त्रिपाल लगायतका सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

अहिले अस्पतालमा उपचार कार्य जारी रहेको र उपचारका लागि बेड तथा रगतको अभाव भएका कारण रक्तदानका लागि आव्हान समेत गरिएको छ ।

हावाहुरीका कारण सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको तथा अन्यमा भलुही, परसौन, बिजवनिया पुरैनिया लगायतका स्थानमा देखिएको पनि जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आइतबार राति ८ बजेको समयमा भएको उक्त घटनाप्रति प्रधानमन्त्री केपी शर्मा वलीले दुःख व्यक्त गर्दै उद्धारका लागि कुनै कमि हुन नदिन सम्बन्धीत निकायलाई निर्देशन दिएका थिए ।

बारा र पर्सामा आएको भीषण हावाहुरीले २५ को ज्यान गयो, ४०० बढी घाईते

वि.सं.२०७५ चैत १८ सोमवार ०७:३८ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...