back
CTIZAN AD

बारा र पर्सामा हुरीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो, ५०० घाइते (अपडेट)

वि.सं.२०७५ चैत १८ सोमवार

843 

shares

दिपेश पुनको वालबाट

१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको वर्षासँगैको हावा हुरीका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने ५०० भन्दा बढी घाईते भएका छन् ।

उद्धारकार्य जारी रहेको र घाईतेहरुको नारायणी लगायतका उस्पतालमा उपचारका लागि लगिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार उद्धार कार्य जारी रहेको र अहिलेसम्म २६ जनाको मृत्यु भएको गृहमन्त्रालयको तथ्यांकमा आएको बताएका छन् ।

‘उद्धार कार्यका लागि, नेपाली सेना, प्रहरी, शसस्त्र, स्थानीय तहका प्रतिनिधिहरु सबै जुटिसकेका छन् । सीमरामा नेपाली सेनाको हेलिकप्टर स्टाण्ड बाइ छ । आवस्यक परेमा गम्भीर विरामीहरुलाई काठमाडौं ल्याइनेछ ।’ प्रवक्ता  सुवेदीले संसारन्युजसँग भने, ‘घाईतेको संख्या ५०० पुगे पनि ती सबै गम्भीर होईनन्, केही सामान्य सपचार गरेर घर फर्किसकेका छन् ।’

प्रवक्ता सुवेदीका अनुसार काठमाडौंबाट त्रिपाल लगायतका सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

अहिले अस्पतालमा उपचार कार्य जारी रहेको र उपचारका लागि बेड तथा रगतको अभाव भएका कारण रक्तदानका लागि आव्हान समेत गरिएको छ ।

हावाहुरीका कारण सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको तथा अन्यमा भलुही, परसौन, बिजवनिया पुरैनिया लगायतका स्थानमा देखिएको पनि जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आइतबार राति ८ बजेको समयमा भएको उक्त घटनाप्रति प्रधानमन्त्री केपी शर्मा वलीले दुःख व्यक्त गर्दै उद्धारका लागि कुनै कमि हुन नदिन सम्बन्धीत निकायलाई निर्देशन दिएका थिए ।

बारा र पर्सामा आएको भीषण हावाहुरीले २५ को ज्यान गयो, ४०० बढी घाईते

वि.सं.२०७५ चैत १८ सोमवार ०७:३८ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...