back
CTIZAN AD

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

वि.सं.२०७५ चैत १८ सोमवार

768 

shares

१८ चैत, काठमाडौ । पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन् । व्यवस्थातर्फ स्नातक तहमा भर्ना हुन बक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ । तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए । ती विद्यार्थी परीक्षा दिनबाट बन्चित भएकाले समस्या आएको हो ।

यसरी मापदण्डविपरीत गएर भर्ना लिने कलेजमा काठमाडौ उपत्यकाभित्र रहेका एपेक्स, सायस, राजधानी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लिबर्टी, युनिग्लोब, स्किम, भिएस निकेतन, नोबोल, एक्सेल, एटलान्टिक, कामद, सिटिजन, क्वेस्ट, प्लाटिनम म्यानेजमेन्ट, अपोलो इन्टरनेसनल, अथर्व, शुभश्री, मेधावी, नर्भिक, सेन्ट्रल र सहिद रामनाथ कलेज छन् । त्यस्तै रुपन्देहीका वृहस्पति,तिलोत्तमा, क्रिमसन, एक्सिस, क्षितिज र बुटवल मोडलका साथै नवलपरासीको अक्सफोर्ड, चितवनको बोस्टन इन्टरनेसनल र भ्याली स्टेटले पनि मापदण्डबाहिर गएर विद्यार्थी भर्ना लिएका हुन् । सोमबारको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार ०७:२५ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...