back

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

वि.सं.२०७५ चैत १८ सोमवार

36 

shares

१८ चैत, काठमाडौ । पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन् । व्यवस्थातर्फ स्नातक तहमा भर्ना हुन बक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ । तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए । ती विद्यार्थी परीक्षा दिनबाट बन्चित भएकाले समस्या आएको हो ।

यसरी मापदण्डविपरीत गएर भर्ना लिने कलेजमा काठमाडौ उपत्यकाभित्र रहेका एपेक्स, सायस, राजधानी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, लिबर्टी, युनिग्लोब, स्किम, भिएस निकेतन, नोबोल, एक्सेल, एटलान्टिक, कामद, सिटिजन, क्वेस्ट, प्लाटिनम म्यानेजमेन्ट, अपोलो इन्टरनेसनल, अथर्व, शुभश्री, मेधावी, नर्भिक, सेन्ट्रल र सहिद रामनाथ कलेज छन् । त्यस्तै रुपन्देहीका वृहस्पति,तिलोत्तमा, क्रिमसन, एक्सिस, क्षितिज र बुटवल मोडलका साथै नवलपरासीको अक्सफोर्ड, चितवनको बोस्टन इन्टरनेसनल र भ्याली स्टेटले पनि मापदण्डबाहिर गएर विद्यार्थी भर्ना लिएका हुन् । सोमबारको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार ०७:२५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...