back
CTIZAN AD

बारा र पर्सामा आएको भीषण हावाहुरीले २५ को ज्यान गयो, ४०० बढी घाईते

वि.सं.२०७५ चैत १८ सोमवार

843 

shares

१८ चैत, वीरगन्ज । बारा र पर्सामा आइतबार बेलुका आएको हावा हुरीले २५ जनाको ज्यान लिएको छ भने २०० भन्दा बढी घाईते भएका छ ।

हावाहुरीका कारण बारामा २४ जनाको मृत्यु भएको र पर्साको ग्रामीण इलाका हरबडियामा एक जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पर्सामा हावाहुरीका कारण बिजुलीको पोल ढल्नुका साथै इँटा भट्टाको चिम्नि हवाहुरीले लडाउँदा र गुड्दै गरेको गाडी पल्टिएर बढी मानबिय क्षति भएको बताइएको छ ।

यस दुर्घटनालाई लिएर प्रधानमन्त्री केपी ओलीले आपनो ट्विटमा २५ जनाको मृत्यु भएको जनाउँदै ४०० जना भन्दा बढी घाईते भएको र उद्धारमा खटिन र उद्धारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।

मृत्यु हुनेको पहिचान खुल्न नसकेको तथा घाईतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार ०४:५१ मा प्रकाशित

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...