back

विकास परिषदमा पच्चीस सदस्यीय नियुक्त

वि.सं.२०७५ चैत १७ आइतवार

36 

shares

 

१७ चैत, काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्मा २५ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्मा समेटिएको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार परिषद्मा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, भरतपुर महानगरका प्रमुख रेनुु दाहाल, विराटनगर महानगरका प्रमुख भीम पराजुली, वीरगञ्ज महानगरका प्रमुख विजय सरावगी, जनकपुर उपमहानगरका उपप्रमुख रिताकुमारी मिश्र, बुटवल उपमहानगरपालिका प्रमुख शवराज सुवेदी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, आठराई गाउँपालिका उपाध्यक्ष रुपादेवी कन्दङ्वा र दमक नगरपालिका प्रमुख गीता अधिकारी सदस्यमा नियुक्त भएका छन् ।

यसैगरी पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, कुमाख गाउँपालिका प्रमुख दिलमाया बुढामगर, पुर्चौँडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्यामो गुरुङ, जिल्ला समन्वय समिति महासङ्घका अध्यष गीता सुन्दास, नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जु र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ परिषद् सदस्यमा छनोट भएका छन् ।

यस्तै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामा परिषद् सदस्यमा छनोट भएका छन् । यही चैत २० र २१ गते राष्ट्रिय विकास परिषद्को बैठक आह्वान गरिएको सन्दर्भमा परिषद् सदस्यसमेत नियुक्त गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०७५ चैत १७ आइतवार २०:०६ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...