back
CTIZAN AD

विकास परिषदमा पच्चीस सदस्यीय नियुक्त

वि.सं.२०७५ चैत १७ आइतवार

645 

shares

 

१७ चैत, काठमाडौँ । सरकारले राष्ट्रिय विकास परिषद्मा २५ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत ११ गतेको निर्णयअनुसार स्थानीय तहका जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई उक्त परिषद्मा समेटिएको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार परिषद्मा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, भरतपुर महानगरका प्रमुख रेनुु दाहाल, विराटनगर महानगरका प्रमुख भीम पराजुली, वीरगञ्ज महानगरका प्रमुख विजय सरावगी, जनकपुर उपमहानगरका उपप्रमुख रिताकुमारी मिश्र, बुटवल उपमहानगरपालिका प्रमुख शवराज सुवेदी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, आठराई गाउँपालिका उपाध्यक्ष रुपादेवी कन्दङ्वा र दमक नगरपालिका प्रमुख गीता अधिकारी सदस्यमा नियुक्त भएका छन् ।

यसैगरी पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, कुमाख गाउँपालिका प्रमुख दिलमाया बुढामगर, पुर्चौँडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्यामो गुरुङ, जिल्ला समन्वय समिति महासङ्घका अध्यष गीता सुन्दास, नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जु र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ परिषद् सदस्यमा छनोट भएका छन् ।

यस्तै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, संयुक्त टे«ड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जितराम लामा परिषद् सदस्यमा छनोट भएका छन् । यही चैत २० र २१ गते राष्ट्रिय विकास परिषद्को बैठक आह्वान गरिएको सन्दर्भमा परिषद् सदस्यसमेत नियुक्त गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०७५ चैत १७ आइतवार २०:०६ मा प्रकाशित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...