back
CTIZAN AD

स्थानीय तहको कडा निर्णय  : सामुदायिक विद्यालयमा नपढाए तलब रोक्का

वि.सं.२०७५ चैत १७ आइतवार

726 

shares

शिक्षक र कर्मचारीले सरकारी तलबभत्ता खाने अनि आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउनाले शिक्षाको गुणस्तर खस्किँदै गएकाले पनि आफूले अध्यापन गर्ने विद्यालयमै छोराछोरी पढाउनुपर्ने नियम बनाइएको अध्यक्ष थापाको भनाइ थियो ।

१७ चैत, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सरकारी तलबभत्ता खानेका छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाएमा तलबभत्ता रोक्ने निर्णय गरेको छ । गत वर्ष आंशिकरुपमा लागू भएको सो निर्णयलाई यस वर्ष अनिवार्य र कडाइका साथ लागू गरिने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

“सङ्घीय सरकारको नीति तथा गाउँ शिक्षा समितिले यही चैत ७ गते निर्णय गरी हामी अगाडि बढेका छौँ”, उनले भने, “सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी वा निजको संरक्षकत्वमा रहेका सन्तानलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने नियमलाई लागू गर्न कडाइका साथ निर्देशन दिएका छौँ ।” शिक्षक र कर्मचारीले सरकारी तलबभत्ता खाने अनि आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउनाले शिक्षाको गुणस्तर खस्किँदै गएकाले पनि आफूले अध्यापन गर्ने विद्यालयमै छोराछोरी पढाउनुपर्ने नियम बनाइएको अध्यक्ष थापाको भनाइ थियो ।

“सरकारी तलबभत्ता खाने कर्मचारी, शिक्षक, जनप्रतिनिधि अनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैलाई आगामी शैक्षिकसत्रको शुरुआतसँगै अनिवार्यरुपमा लागू गर्छौं”, उनले भने, “हामीले यो नियम लागू गर्न पूर्व नै विभिन्न चरणका तालीम, प्रशिक्षण प्रदान गरी आवश्यक पूर्वाधार पनि तयार गरिसकेका छौँ ।”

वि.सं.२०७५ चैत १७ आइतवार १९:५८ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...