back

एनआरएनए फिनल्याण्डको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७५ चैत १७ आइतवार

138 

shares
NTC AD
Global IME AD

‘Pitka Vuoro’ शिर्षकमा Helsinki Sanomat  लगायत अन्य सञ्चारमाध्यमहरुमा फिनल्याण्डमा सञ्चालित नेपाली रेस्टुरेण्टमा कामदारहरुमाथि गैरकानुनी तथा अमानवीय व्यवहार गरिएको भन्ने सम्बन्धमा प्रकाशित समाचार र त्यसपश्चात सामाजिक सञ्जालमा आफूहरुप्रति लक्षित गरि आएका केहि प्रतिक्रियाहरुप्रति एनआरएनए फिनल्याण्डले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए फिनल्याण्डका प्रवक्ता चिरन्जीवी चापागाईद्वारा जारी प्रेस वक्तव्यमा ‘फिनल्याण्डमा रहेका नेपाली समाजमा हुने वा समाजलाई असर पुग्ने प्रकृतिका घटना हुँदा एनआरएनए फिनल्याण्डले भूमिका खेलोस्’ भनि नेपाली समुदायले अपेक्षा राख्नुलाई हामी सकारात्मक रुपमा लिएको उल्लेख गर्दै तर संस्थाले एनआरएनए फिनल्याण्ड, फिनल्याण्डको सामाजिक संगठनहरु सञ्चालन सम्बन्धि कानुनको दायरामा रही सञ्चालन हुने संस्था भएको हुनाले, फिन्नीस कानुन तथा सरकारका निकायहरुको कार्यक्षेत्रमा पर्ने कुनै पनि विषयवस्तुमा कुनै पनि प्रकारको भूमिका खेल्न नसक्ने स्ष्पष्ट पारिएको छ ।

त्यसैगरी वक्तव्यमा ‘संस्थाले २/३ हजार पिडितलाई दिलाएर मुद्दा मिलाएको’ भनि सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणामा कुनै पनि सत्यता नभएको पनि बताइएको छ । एनआरएनए फिनल्याण्डले संस्थागत रुपमा कहिल्यै पनि गैरकानुनी मेलमिलाप नगराएको प्रष्ट पार्दछौं, वक्तव्यमा भनिएको छ । कुनै समयमा कोही व्यक्ति र समूहले त्यस्तो कार्य गरेको भए ती कार्य नितान्त व्यक्तिगत भएको र त्यस सम्बन्धमा सम्बन्धित पक्षनै जिम्मेवार रहने उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली संघ फिनल्याण्ड, सधैं कानून र सो कानून अनुरुपको ब्यक्तिका अधिकारका पक्षमा रहिआएको संस्था भएको उल्लेख गर्दै संस्था प्रचलित कानून र मानवअधिकारको बर्खिलाप हुने सबै प्रकारका कार्यहरुको विपक्षमा रहने प्रतिबद्धता पनि उक्त वक्तव्यमा जाहेर गरिएको छ ।

वि.सं.२०७५ चैत १७ आइतवार १९:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...