back
CTIZAN AD

एनआरएनए फिनल्याण्डको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७५ चैत १७ आइतवार

852 

shares

‘Pitka Vuoro’ शिर्षकमा Helsinki Sanomat  लगायत अन्य सञ्चारमाध्यमहरुमा फिनल्याण्डमा सञ्चालित नेपाली रेस्टुरेण्टमा कामदारहरुमाथि गैरकानुनी तथा अमानवीय व्यवहार गरिएको भन्ने सम्बन्धमा प्रकाशित समाचार र त्यसपश्चात सामाजिक सञ्जालमा आफूहरुप्रति लक्षित गरि आएका केहि प्रतिक्रियाहरुप्रति एनआरएनए फिनल्याण्डले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए फिनल्याण्डका प्रवक्ता चिरन्जीवी चापागाईद्वारा जारी प्रेस वक्तव्यमा ‘फिनल्याण्डमा रहेका नेपाली समाजमा हुने वा समाजलाई असर पुग्ने प्रकृतिका घटना हुँदा एनआरएनए फिनल्याण्डले भूमिका खेलोस्’ भनि नेपाली समुदायले अपेक्षा राख्नुलाई हामी सकारात्मक रुपमा लिएको उल्लेख गर्दै तर संस्थाले एनआरएनए फिनल्याण्ड, फिनल्याण्डको सामाजिक संगठनहरु सञ्चालन सम्बन्धि कानुनको दायरामा रही सञ्चालन हुने संस्था भएको हुनाले, फिन्नीस कानुन तथा सरकारका निकायहरुको कार्यक्षेत्रमा पर्ने कुनै पनि विषयवस्तुमा कुनै पनि प्रकारको भूमिका खेल्न नसक्ने स्ष्पष्ट पारिएको छ ।

त्यसैगरी वक्तव्यमा ‘संस्थाले २/३ हजार पिडितलाई दिलाएर मुद्दा मिलाएको’ भनि सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणामा कुनै पनि सत्यता नभएको पनि बताइएको छ । एनआरएनए फिनल्याण्डले संस्थागत रुपमा कहिल्यै पनि गैरकानुनी मेलमिलाप नगराएको प्रष्ट पार्दछौं, वक्तव्यमा भनिएको छ । कुनै समयमा कोही व्यक्ति र समूहले त्यस्तो कार्य गरेको भए ती कार्य नितान्त व्यक्तिगत भएको र त्यस सम्बन्धमा सम्बन्धित पक्षनै जिम्मेवार रहने उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली संघ फिनल्याण्ड, सधैं कानून र सो कानून अनुरुपको ब्यक्तिका अधिकारका पक्षमा रहिआएको संस्था भएको उल्लेख गर्दै संस्था प्रचलित कानून र मानवअधिकारको बर्खिलाप हुने सबै प्रकारका कार्यहरुको विपक्षमा रहने प्रतिबद्धता पनि उक्त वक्तव्यमा जाहेर गरिएको छ ।

वि.सं.२०७५ चैत १७ आइतवार १९:४५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...