
१७ चैत, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ को संसदीय दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल चयन भएका छन् ।
आज मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकले जम्कट्टेललाई उपनेतामा चयन गरेको हो । प्रदेशको राजधानीको विषय अब संसद्बाट टुङ्गो लगाउने विषयमा समेत छलफल भएको थियो ।
वि.सं.२०७५ चैत १७ आइतवार १९:२२ मा प्रकाशित