back
CTIZAN AD

किन फिर्ता लिए थाइ राजाले सिनावात्रालाई दिइएको शाही मानपदवी ?

वि.सं.२०७५ चैत १७ आइतवार

657 

shares

 

 

१७ चैत, बैङ्कक । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् । भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनुपरेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ ।”

थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोसेका हुन् । थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो । उनी त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा बस्दै आएका छन् ।

भ्रष्टाचारको अभियोगमा उनलार्ई अदालतले कम्तीमा दुई वर्ष जेल बस्नु पर्ने फैसला सुनाएको थियो । तर सिनावात्राले भने आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आएका छन् ।

थाइल्याण्डमा गत आइतबार भएको संसदको निर्वाचनमा थाक्सिनको समर्थन रहेको फिउ थाइ पार्टीले नै सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ ।

सैनिक शासकको समर्थन रहेको पालङ प्रचा रथ पार्टीले भने सबैभन्दा धेरै मत पाएको छ । कूल ५०० स्थान रहेको संसदमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा विजय हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्यान्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले नै सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो । पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकता माथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तरराष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन् । उनीहरुले देशव्यापीरूपमा मतदातालाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् ।

विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् । सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनले चाडै नै सरकार बनाउने प्रयास गर्ने नेताले बताएका छन् ।

सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ ।

 

वि.सं.२०७५ चैत १७ आइतवार १७:५१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...