back
CTIZAN AD

किन रोकियो मन्त्री मगरको विदेश भ्रमण ?

वि.सं.२०७५ चैत १८ सोमवार

645 

shares

१८ चैत, काठमाण्डौं । खानेपानी मन्त्रीको विना मगरको विदेश भ्रमण स्थगीत गरिएपछि सर्वत्र आशंका र जिज्ञासाहरु बढाइएको छ ।

आफ्नो विभागीय मन्त्रीको सूचीमा परेको मात्र होइन, मन्त्रीसँगै विदेश भ्रमणका लागि सबै तारतम्य मिलाएका २ जना सहसचिव र १ जना उपसचिवको समेत भ्रमण रोकिएको छ ।

नेपाल सरकारको विदेश भ्रमण सम्बन्धी निर्देशिका र मितव्ययिता सम्बन्धी विषयलाई ओली सरकारले कडाइ गरेपनि यसअघि मन्त्री सहित मन्त्रालयका कर्मचारी विदेश जाने निर्णयलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्दै आएको थियो ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्री विना मगरको कोष्टारिका भ्रमण स्वीकृत नगरेपछि मन्त्रीसँगै जाने सूचीमा रहेका सहसचिव तेजलाल भट्ट, सुनिलकुमार दास र उपसचिव चेतराज उपाध्याय पनि जान नपाउने भएका छन् ।

‘मन्त्रिपरिषद्बाट भ्रमण अनुमोदन नभएको भन्नु भन्दा पनि स्थगित भएको हो ।’ संसारन्यूजको कुराकानीमा खानेपानी मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीले भने ।

मन्त्रालय स्रोतका अनुसार कोस्टारिका भ्रमणका लागि मन्त्रीले सहसचिव सम्मका कर्मचारीको निर्णय गरेकी थिइन् भने त्यसको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो ।

मेलम्ची परियोजनाको ठेकेदार फर्किएको र काम पूरा हुन नसकेको विषयमा प्रचार गरिएपनि विदेश भ्रमणबारे राज्यको भार कम गर्ने तथा सार्वजनिक खर्च मितव्ययिता सम्बन्धी मन्त्री विना मगरको भ्रमण स्थगित भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

त्यस्तै लगानी सम्मेलन लगत्तै मन्त्रीमण्डल पुर्नगठन गर्ने कुरा चलिरहेको बेला मन्त्री मगरको विदेश भ्रमण उचित नदेखिएकाले भ्रमण स्थगित गरिएको हुन सक्ने पनि स्रोतले बताएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:३५ मा प्रकाशित

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...