back

किन रोकियो मन्त्री मगरको विदेश भ्रमण ?

वि.सं.२०७५ चैत १८ सोमवार

42 

shares

१८ चैत, काठमाण्डौं । खानेपानी मन्त्रीको विना मगरको विदेश भ्रमण स्थगीत गरिएपछि सर्वत्र आशंका र जिज्ञासाहरु बढाइएको छ ।

आफ्नो विभागीय मन्त्रीको सूचीमा परेको मात्र होइन, मन्त्रीसँगै विदेश भ्रमणका लागि सबै तारतम्य मिलाएका २ जना सहसचिव र १ जना उपसचिवको समेत भ्रमण रोकिएको छ ।

नेपाल सरकारको विदेश भ्रमण सम्बन्धी निर्देशिका र मितव्ययिता सम्बन्धी विषयलाई ओली सरकारले कडाइ गरेपनि यसअघि मन्त्री सहित मन्त्रालयका कर्मचारी विदेश जाने निर्णयलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्दै आएको थियो ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्री विना मगरको कोष्टारिका भ्रमण स्वीकृत नगरेपछि मन्त्रीसँगै जाने सूचीमा रहेका सहसचिव तेजलाल भट्ट, सुनिलकुमार दास र उपसचिव चेतराज उपाध्याय पनि जान नपाउने भएका छन् ।

‘मन्त्रिपरिषद्बाट भ्रमण अनुमोदन नभएको भन्नु भन्दा पनि स्थगित भएको हो ।’ संसारन्यूजको कुराकानीमा खानेपानी मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीले भने ।

मन्त्रालय स्रोतका अनुसार कोस्टारिका भ्रमणका लागि मन्त्रीले सहसचिव सम्मका कर्मचारीको निर्णय गरेकी थिइन् भने त्यसको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो ।

मेलम्ची परियोजनाको ठेकेदार फर्किएको र काम पूरा हुन नसकेको विषयमा प्रचार गरिएपनि विदेश भ्रमणबारे राज्यको भार कम गर्ने तथा सार्वजनिक खर्च मितव्ययिता सम्बन्धी मन्त्री विना मगरको भ्रमण स्थगित भएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

त्यस्तै लगानी सम्मेलन लगत्तै मन्त्रीमण्डल पुर्नगठन गर्ने कुरा चलिरहेको बेला मन्त्री मगरको विदेश भ्रमण उचित नदेखिएकाले भ्रमण स्थगित गरिएको हुन सक्ने पनि स्रोतले बताएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १०:३५ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...