back
CTIZAN AD

अष्ट्रेलिया र हङकङका नेपालीले डलर स्मार्टबाट नेपाल पैसा पठाउन सक्ने

वि.सं.२०७५ चैत १९ मंगलवार

630 

shares

१९ चैत्र, काठमाडौँ । सन्राइज बैंक लिमिटेड तथा डलर स्मार्र्र्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुदा अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी डलर स्मार्ट मार्फत पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने छ । हाल यो सुविधा अष्ट्रेलिया र हङ्रकङ्रमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने बताइएको छ ।

डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नुपर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिने बैंकले बताएको छ । साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकको बिस्तारित सेवाबाट नेपालमा अझ वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त रहेको बताइएको छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०८:५८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...