back
CTIZAN AD

राहत संकलनमा जुट्यो एनआरएनए कोरिया

वि.सं.२०७५ चैत १९ मंगलवार

747 

shares

१९ चैत, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कोरिया राहत संकलन अभियानमा जुटेको छ ।

बारा र पर्सामा आइतबार आएको भीषण आँधीहुरीका कारण २७ जनाको मृत्यु भइसकेको र हजारौ घर परिवार विचल्ली बनेको अवस्थामा गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका शाखाहरुले आर्थिक राहत संकलनमा लागेका छन् ।

यसैबीच एनसीसी कोरियाले पनि राहत संकलन अभियानमा जुटेको छ ।

एनआरएनए कोरियाले शक्तिसाली हावाहुरीबाट मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको अध्यक्ष लक्ष्मी गुरुङले बताएकी छन् ।
‘यस विपद्को घडीमा पीडितहरुलाई सहयोग गर्नका लागि एनआरएनए दक्षिण कोरियाले ‘राहत संकलन कार्य (अभियान)’ संचालन गरेकोले कोरियाबासी सम्पूर्ण बुद्धिजीवी, श्रमजीवी, व्यापारी, विद्यार्थी, पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई यस राहत संकलन कार्यमा सहभागी भई आफूले सक्दो सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।’ अध्यक्ष गुरुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङका अनुसार आज कार्यसमितिको बैठक बसेर एनआरएनए कोरियाले कति सहयोग गर्ने भन्ने निर्णय गर्ने र त्यसपछि रकम घोषणा गरिने छ । ‘मातृभूमिमा आइपरेको विपद्का बेला सबैको सहयोग होस् भन्ने हाम्रो चाहना हो । साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने आसा छ । सहयोग उठ्ने क्रम पनि जारी पनि छ । अध्यक्ष गुरुङले संसारन्युजसँग भनिन् ।

राहत संकलनका लागि

NRNA

Account no-679-011342-01-012

ibi bank ‘003’

प्रारम्भिक राहत र मेडिकल टिम बोकेर प्रभावित क्षेत्र पुग्यो एनआरएनए

वि.सं.२०७५ चैत १९ मंगलवार ०९:०४ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...