Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अङ्गिकृतलाई राष्ट्रपति बनाउने पक्षमा काँग्रेस छैन : महामन्त्री कोइराला



२३ कात्तिक, धनगढी २३ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अङ्गिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा काँग्रेस नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, कैलालीद्वारा आज यहाँ आयोजत पत्रकार सम्मेलनमा डा कोइरालाले अङ्गिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पु¥याए राष्ट्रको हित नहुने धारणा राख्नुभयो ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै उहाँले भन्नुभयो–“राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्छ ।”

पत्रकारको प्रश्नमा उहाँले संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उहाँले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्छ भन्ने काँग्रेसको धारणा रहेको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम