back
CTIZAN AD

जेलको कमाइबाट परिवार पाल्छन् कैदी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

807 

shares

२३ कात्तिक, रोल्पा । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन् ।

आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन् । समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौँ, कैदी खिमबहादुर थापाले बताउनुभयो ।

मासिक प्रतिव्यक्ति रु ५-६ हजार आम्दानी गर्ने गरेको कैदीले बताएका छन् । घरको कमाइ गर्ने मूलमान्छे नै कारागार बस्नु पर्दा जीविकोपार्जनमा समस्या भोगिरहेका कैदीका परिवारलाई सो आम्दानीले दैनिक कामकाजमा निकै सहयोग गरेको अर्का कैदी मेखबहादुर रोकाले बताउनुभयो ।

महिला कैदीले भने साधनको अभावमा चाहेर पनि स्वरोजगारमूलक काम गर्न नपाएको गुनासो गरेका छन् । “स्वरोजगारका लागि सिलाइकटाइ गर्ने चाहनाअनुसार जिल्लाका राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई समेत पटकपटक व्यवस्था गरिदिन अनुरोध ग¥यौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन”, नाइके मनिसरा विकले दुखेसो पोख्नुभयो ।

जेलभित्र उत्पादित सामान गुणस्तरीय हुने भएका कारण ग्राहक सामान खरिदका लागि कारागारमै आउने गरेको तथा बढी भएका सामान घर्तीगाउँ, सुलिचौर, लिवाङलगायतका स्थानीय बजारमा पठाउने गरेको कैदीले बताएका छन् ।

जिल्लाको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै उपहार दिँदा वा सम्मान गर्दा कारागारभित्र उत्पादित ढाकाटोपी, सल आदि प्रयोग गर्ने प्रचलन समेत रोल्पामा बढ्दै गएको छ ।

रोल्पा कारागारमा हाल ६७ पुरुष, १० महिला कैदीसहित तीन जना नाबालक रहेको चौकीदार हुकुम बुढामगरले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:४८ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...