back
CTIZAN AD

चार वर्षमा एक हजार ६०० को शल्यक्रिया

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

1K 

shares

२३ कात्तिक,जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले आफ्नो सेवा प्रारम्भ गरेदेखि हालसम्म एक हजार ६४९ बिरामीको शल्यक्रिया गरेको छ ।

प्रतिष्ठानले विसं २०६९ मा आफ्नो सेवा प्रारम्भ गरेको थियो । सेवा थालनी गरेको चार वर्षको अवधिमा यसले ७३६ बिरामीको मेजर (ठूला) र बाँकीको माइनर (साना) अपरेसन गरेको प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापामगरले जानकारी दिनुभयो ।

“हालसम्म हामीले एपेन्डिसाइटिस, हाडजोर्नी, ल्याप्रोक्सटोमी, सिएस, हर्निया, भ्यासेक्टोमी, हेमियोटोमी, डेब्रिडिमेन्ट, पाठेघरको, स्किन ग्राफ्ट, मिर्गौला प्रत्यारोपण र बाह्य वस्तुसहितको मेजर तथा माइनर अप्रेसन गरेका छौँ,” डा थापामगरले भन्नुभयो । त्यसमा अहिलेसम्म सबैभन्दा बढी ६७ एपेन्डिसाइटिसका बिरामीको अपरेसन गरिएको उहाँले बताउनुभयो ।

जुम्लामा प्रतिष्ठान स्थापना भएपश्चात मुगु, कालीकोट, जाजरकोट, बाजुराका बिरामीले बढी सेवा लिइरहेका छन् । प्रतिष्ठानका कारण अहिले कर्णालीवासीले अकालमा ज्यान गुमाउनु नपरेको चन्दननाथ नगरपालिका–६ का स्थानीय हरिबहादुर भण्डारीले बताउनुभयो ।

भण्डारीले भन्नुभयो, “सामान्यतः हात भाँचिएमा नेपालगन्ज, काठमाडौँ जान्थ्यौँ र लाखौँ खर्च गर्नुपथ्र्यो, तर अहिले नचिताएका अपरेसन पनि जुम्लामै भइरहेका छन्, यसबाट हामी हर्षित छौँ ।” यता डा थापामगरले दुर्गम क्षेत्रका जनताको जीवन बचाउने सुवर्ण अवसर पाएकोमा आत्मसन्तुष्टि बढेको बताउनुभयो ।

शव परीक्षण गर्न डाक्टर कुर्नुपर्ने, सुरक्षित सुत्केरी हुन नसकी धेरै महिलाले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पछिल्लो समयमा हटेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान अहिले यहाँका नागरिकका लागि वरदान सावित भएको स्थानीय मनोज बुढाथोकी मगरले जनाउनुभयो । उहाँका अनुसार यसको सही व्यवस्थापनका लागि सरकारले यथाशीघ्र पदाधिकारी नियुक्ति गर्नुपर्दछ । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:४६ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...