back
CTIZAN AD

आँखाका रोगीमा महिलाको सङ्ख्या बढी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

762 

shares

कविता उपाध्याय

२३ कात्तिक, लिबाङ (रोल्पा) । आर्थिक अभाव तथा अज्ञानताका कारण घोडागाउँ, रोल्पाकी चम्कली रिजालले गर्भावस्थामा राम्रो स्याहारसुसार पाउन सक्नुभएन, जसका कारण उहाँको बच्चा (छोरी) जन्मिँदै कुपोषित भइन् ।

बच्चा जन्मिसकेपछि पनि आवश्यकता अनुसार स्याहारसुसार र खानपिन नमिल्दा आमा र बच्चा दुवैको स्वास्थ्य नाजुक बन्दै गएको उहाँले बताउनुभयो । ऋण काढेर लाखौँ खर्च र लामो समयको उपचारपछि आमा र बच्चाको स्वास्थ्यमा केही सुधार आएपनि अन्तमा बच्चा कुपोषणका कारण दृष्टिविहीन भयो ।

डाक्टरको परामर्श पाएपछिमात्र रिजाल परिवारलाई कुपोषणका कारण बच्चा दृष्टिविहीन भएको थाहा भएको चम्कलीका श्रीमान्ले बताउनुभयो । समयमा गर्भवती श्रीमती र दुधे बालकलाई राम्रो ख्याल नगर्दा लाखौँ सम्पत्ति त गुम्यो, त्यसमाथि सन्तानले पनि जीवनभरका लागि दृष्टि गुमाउनु प¥यो, उहाँले चिन्तित हुँदै भन्नुभयो ।

यस्तै, गजुल–१ रोल्पाकी ६८ वर्षीया धिमा महराका अनुसार जवानीमै उहाँको आँखामा समस्या आएको थियो तर उहाँ डाक्टरकहाँ चेकजाँचका लागि पुग्नु भएन बरु उहाँले जथाभावी आँखामा घरेलु सामग्रीको प्रयोग गर्नुभयो । समयमै आँखा चेकजाँच नगर्दा दृष्टिविहीन हुनुपर्छ भन्ने उहाँले कहिल्यै पनि सोच्नुभएको थिएन ।

लामो समयसम्म उहाँको आँखा पाक्यो, अन्तमा असह्य पीडा भएपछि मात्र उहाँ अस्पताल पुग्नुभयो । दुर्भाग्य, उहाँको आँखाको ज्योतिमात्र गुमेन विभिन्न घरेलु उपचारका कारण उहाँको आँखा गलेर कामै नलाग्ने भइसकेको रहेछ । हाल उहाँले नक्कली आँखा प्रयोग गर्न बाध्य हुनुभएको छ । “यौटा आँखा फुट्यो, अर्काे आँखा पनि निकै कमजोर छ, संसार अन्धकार भएर बाँच्नुभन्दा मर्नै वेश”, उहाँले दुःखेसो पोख्नुभयो ।

यस्तै, गजुल—६ रोल्पाकी पाना सुवेदीले पनि लामो समयदेखि आँखाको समस्या झेल्दै आउनु भएको छ । उहाँ भन्नुुहुन्छ, डाक्टरले धुवाँधुलोबाट आँखालाई जोगाउने सल्लाह दिनुभएको छ, तर प्रत्येक दिन आगो बालेर खाना पकाउनै प¥यो, घर आँगनको धुलो सफा गर्नै प¥या,े कसरी धुवाँ धुलोबाट बच्नु ? धुवाँधुलोमा काम गर्दा वा रुख चढ्दा चश्मा लगाउन नमिलेपछि उहाँलाई थप समस्या हुने गरेको छ ।

आँखाको समस्या झेल्दै आएका यी त प्रतिनिधि पात्र मात्र हुन् । रोल्पामा यस किसिमका आँखाका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको सामुदायिक आँखा केन्द्र, रोल्पाले जनाएको छ । त्यसमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या नै बढी भएको सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज विमलबहादुर बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१६ को करिब नौ महिनामा मात्र जम्मा छ हजार २६२ जना आँखाका बिरामीले आँखा चेकजाँच गराएका छन्, जसअन्तर्गत २,७१३ पुरुष र ३,५५१ महिला रहेको देखिन्छ ।

आँखाका कुल बिरामीमध्ये ३,७४८ जना बिरामी जिल्ला आँखा केन्द्र, लिबाङमा चेकजाँचका लागि आएका हुन् भने दुई हजार ५१६ जना बिरामीले राङ्सी, इरिबाङ, गुम्चाल, होलेरी, जुगार, गैरीगाउँ, घर्तीगाउँ, मिरुल टुटु र थबाङ घुम्ती शिविरमा आँखा चेकजाँच गराएका हुन् ।

यसरी आँखा चेकजाँचका लागि घाँस दाउराले आँखामा चोटपटक लागेका, आँखामा फुलो परेका, आँखाको एलर्जी तथा दृष्टिदोष भएका, आँखा पाक्ने समस्या भएका र चश्मा प्रयोग गर्नुपर्ने खालका बिरामी आउने गरेको इन्चार्ज बिसीको भनाइ छ ।

उहाँँका अनुसार यसरी चेकजाँच गरेका आँखाका बिरामीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी हुनुमा महिला घरायसी कामकाजमा बढी व्यस्त हुनु वा घरायसी कामबाट छुटकारा नपाउनु, चर्काे घाममा काम गर्नु, अत्यधिक दाउरा प्रयोगका कारण धुवाँधुलोबाट प्रभावित हुनु, डाक्टरको सल्लाह नै नलिई जथाभावी औषधि प्रयोग गर्नु, महिलाले गर्भावस्थामा वा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यमा विशेष सावधानी नअपनाउँदा कुपोषित हुनु तथा दृष्टिदोषका कारण चश्मा लगाउनु पर्ने बिरामीले पनि निरन्तर चश्मा प्रयोग गर्न नपाउनु आदि कारणले समस्या चुलिँदै जाने गरेको पाइएको छ ।

यस्तै, सामुदायिक आँखा केन्द्र, रोल्पाका पूर्व इन्चार्ज भोजराज पोख्रेलका अनुसार अझै पनि जनतामा चेतनाको अभाव छ जसका कारण आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै पनि गाउँघरमै धामीझाँक्री र झारफुकमै विश्वास गर्ने गरेको पाइन्छ । यसका लागि समयमै सबै सचेत बन्न र सचेत बनेका नागरिकले चासो राख्न जरुरी छ उहाँले भन्नुभयो ।

यस्तै, महिला अधिकारकर्मी पुष्पा श्रेष्ठका अनुसार हाम्रो जस्तो पितृसत्तात्मक सोच र चिन्तन बोकेको समाज जहाँ महिलाले मात्र घरायसी कामकाज वा चुलोचौकोको जिम्मेवारी लिनुपर्ने बाध्यता छ, यस्तै लैङ्गिक विभेदका कारण विभिन्न जटिल चुनौती सामना गर्नुपर्ने बाध्यता महिलामा नै सीमित छ ।

“जबसम्म महिला र पुरुषका बीचमा समान काम, समान जिम्मेवारी र समान दायित्वबोध हुँदैन तबसम्म समाजमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिला नै प्रताडित भएर बाँचिरहनु पर्छ । त्यसैले समुन्नत समाज निर्माणका लागि महिला र पुरुषको हरेक क्षेत्रमा समान सहभागिताको खाँचो छ,” उहाँले भन्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:४६ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...