Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मृतकका नौ परिवारलाई अष्ट्रेलियाबाट सहयोग



२३ कात्तिक,सुरुङ्गा (झापा)  । झापाली समाज अष्ट्रेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ ।

समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गर्नुभयो ।

पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अस्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा व्यक्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ