back

लोकसेवा पढ्ने साथी हो, यसरी फर्काउनुहोस् कुलो गैरीखेततर्फ

वि.सं.२०७५ चैत २० बुधवार

486 

shares
GLOBAL IME AD
NTC AD

गुल्मीको बाझकटेरीबाट काठमाडौं पढ्न आउँदा कुनै सपनै थिएनन् उनका । काठमाडौं पढ्न आउन पाउने भाग्यमानी भएपछि त्यो भन्दा ठूलो सपना अरु हुने कुरै भएन ।

०४९ सालको साउनमा दर्किएको झरीसँगै पैठेजोरी खेल्दै गाउँ छोडेर काठमाडौं हानिएका हुन् लोकनाथ भुसाल । हाल नेपाल सरकारका उपसचिव रहेका भुसालले ०५३ सालमा १९ वर्षकै उमेरबाट सरकारी सेवाको सुरुवात गरेका थिए । अहिलेका युवाहरुले ‘टिन एज’ नाम दिएकै उमेरमा सकारी जागीर खानु आफैमा सजिलो पक्कै थिएन उनलाई ।

‘खरदार साव’ का ओठमाथि जुँगाको रेखी बस्दै थिएँ । तर, जिम्मेवारी भने सानो थिएन । उनी नियुक्त भएका थिए गाविस सचिवको रुपमा । त्यो बेलाको अनुभव यसरी सम्झन्छन् भुसाल–‘साच्चै रमाइला थिए ति दिन ।’ सधैका ‘फुच्चे सचिव’ र लामो समय ‘खरदार साव’ भएर बस्ने सोचका थिएनन् उनले । अरु सचिव साथीहरु अन्य काममा लाग्दा भुसाल फुसर्दिला हुनासाथ पढ्न थालि हाल्थे । त्यहि पढाईकै परिणाम उनी ‘खरदार साव’ बनेको ३ वर्षमै ‘सुब्बा साव’ बनिहाले । ०५३ मा त उनी नेपाल सरकारको नायब सुब्बा बनिसकेको बताउँछन् ।

कुलो सोझियो गैरीखेततर्फ

गुल्मीबाट काठमाडौं आउदाका चाहना र काठमाडौले देखाएका सपनामा मदाने र रेसुङ्गाको जस्तै फासला थियो । त्यहि फासलाको बिचमा यात्रा नगरी अब उनको लक्ष्य भेटिनेवाला थिएन । अनि त्यो लक्ष्यसम्म पुग्न बाटो देखाउने पथपर्दशक थिए आफ्नै दाजु यमलाल भुसाल । बिहान रत्नराज्य लक्ष्मी क्याम्पसको पढाई, दिनभरी फाल्टु जोकर । फ्लासब्याकमा सम्झदै उनी भन्छन्–‘ति दिनमा डुल्ने र भुल्ने कुरा असाध्यै सानो थियो काठमाडौं । कहाँ जाने ? जाने ठाउँ सकिएका थिए ।’

उनका डुल्ने ठाउँ सकिएपनि मनको यात्रा भने सकिएको थिएन । त्यहि मनको यात्राले फेरि डोर्यायो निजामति सेवातर्फ । ‘सायद दाजु निजामति सेवामा प्रवेश नगर्नु भएको भए मेरो बाटो पनि फेरिन्थ्यो होला ।’ उनी सम्झन्छन् ।

बिहान क्याम्पसको पढाई, दिनभरीको बेकारी अनि कोठाभरीका निजामति सेवा प्रवेश सम्बन्धी किताव यहि त्रिवेणीले डो¥यायो उनलाई निजामति सेवातर्फ । अब भने गति सोझियो पढाईतर्फ । जसरी खोलाबाट आएको कुलो गैरी खेततर्फ सोझिन्छ अनि खेत सिंचेर बाली सपार्छ । त्यसरी नै भुसाल सोझिए निजामति सेवा प्रवेश तर्फ । पहिलो प्रयासमै बाली सप्रिएपछि उनको उत्साह नजाग्ने त कुरै भएन ।

पढ्ने कसरी त ?
‘काक चेष्टा, वकोध्यानम, स्वाननिद्रा तथैवच
अल्पहारी, गृह त्यागी विद्यार्थी पन्च लक्षणं’
स्कुल पढ्दै खुव सुनेको स्लोक थियो यो । नेपाली विषय पढाउने गुरुले सुनाएको स्लोकले उनलाई राम्रै छाप पारेको रहेछ । त्यसैले त लागे वको ध्यानतर्फ । अनि वको ध्यानमा थपे कागको चेष्टा पनि । बकूल्लाको ध्यान र कागको जस्तो दृष्टि लगाएर पढ्न थालेपछि लक्षमा नपुगिने त कुरै भएन । अहिले पनि उनी यहि सम्झन्छन् । निजामति सेवा प्रवेशका लागि लोकसेवा आयोगले लिने परीक्षामा सामेल हुने विद्यार्थीले यो श्लोकलाई मूलमन्त्र नै मान्नु पर्ने राय भुसालको छ ।

उनको अर्को सल्लाह छ–‘आफूलाई सहज हुँदा मात्र पढ्नुहोस् ।’ लोकसेवा तयारीका लागि कोठाबाटै बाहिर ननिस्कई पढ्नु भन्दा फ्रेस हुँदै पढ्दै गरेको राम्रो हुने बताउँछन् भुसाल । लोकसेवा तयारी गर्नेहरुलाई प्रत्येक शिर्षकलाई कम्तिमा ५ वटा बुँदा बनाएर पढ्ने बानी बसाले विषय वस्तु सम्झिन सजिलो हुने बताउँछन् भुसाल । उनको अर्को सल्लाह छ–‘सकेजति पुस्तक पढ्नुहोस् र नियमित पढ्नुहोस् तपाइको तगाराहरु आफै हट्दै जानेछन् । ’
लेखाइ नि !

सुब्बा साब भएको ३ वर्षमै ‘गजेटेड अफिसर’ बनेका भुसाल लेखाईमा खुब ध्यान दिनुपर्ने बताउँछन् । सफा लेखाइ लेख्नुहोस् । अक्षरमा बिशेष ध्यान दिनुहोस् । व्याकरण र हिज्जे राम्रो बनाउनुहोस् यसले तपाइको निजामति तर्फको यात्रा सहज बनाउने पक्का भएको भुसालको दावी छ ।

लोकसेवाको परीक्षामा संलग्न हुने परीक्षार्थीले परीक्षामा लेख्दा पहिले प्रश्न बुझ्नुपर्ने उनको राय छ । एउटै प्रश्नभित्र बहु प्रश्न हुन सक्नेतर्फ सजग हुनुपर्ने उनको अनुभव छ । त्यसैले उनी भन्छन्–‘ त्यसपछि प्रश्न बुझ्नुहोस् र लेख्न थाल्नुहोस् ।’

नआत्तिनुहोस्
निजामति सेवा प्रवेश आफैंमा जटिल प्रक्रिया हो । तपाई पहिलो प्रयासमै सफल हुनु भयो भने मेहनति त हुनुहुन्छ नै, भाग्मानी पनि मान्नुपर्छ । तर, एकैपटकमा सफल नहुुँदैमा हतास हुने र आत्तिने गर्नु भयो भने, तपाइको निजामति प्रवेशको यात्रा झन ढिलो हुन सक्छ । त्यसैले असफलतानै सफलताको घोतक हो भन्ने बुझ्दै अध्ययनलाई निरन्तरता दिनुहोस् । लोकसेवाको फर्म भर्न र जाँच दिन कन्जुस्यांई नगर्नुहोस् । यत गर्नु भयो भने, तपाई अबस्य सफल हुनुहुनेछ ।

लोकनाथ भुसाल
उपसचिव, नेपाल सरकार

उपसचिव भण्डारीको सुझाव-‘लोकसेवा पास गर्न यसरी पढ्नुहोस्’

वि.सं.२०७५ चैत २० बुधवार १०:३१ मा प्रकाशित

शिक्षकका मागमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह

शिक्षकका मागमा गम्भीर बन्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

गल्याङ बहुमुखीको स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी

काठमाडौँ । स्याङ्जाको गल्याङ बजार स्थित गल्याङ बहुमुखीको स्ववियु निर्वाचन...

देशभरका ३४५ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सङ्गठन दर्ता 

देशभरका ३४५ क्याम्पसमा अखिल (क्रान्तिकारी)को सङ्गठन दर्ता 

आसन्न स्ववियू निर्वाचनमा देशै भरका विभिन्न क्याम्पस रुममा अखिल (क्रान्तिकारी)ले...

अनेरास्ववियुले कस्लाई उठाउँदै छ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ?

अनेरास्ववियुले कस्लाई उठाउँदै छ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट...

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका...

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि...