back

सिटिजन्स बैंकले आँधीपीडितलाई १० लाख सहयोग गर्ने

वि.सं.२०७५ चैत २० बुधवार

48 

shares

२० चैत, काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ ।

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले र दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।

साथै बैंक प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट  गरेको छ  ।

बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउँदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न सक्ने  जनाएको छ ।

बैंकले आफुलाई पायक पर्नेे सिटिजन्स बैंकको जुनसुकै शाखा कार्यालयबाट ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने पनि जनाएको छ । ।

उक्त खातामा सहयोग गर्ने ग्राहकहरुको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने पनि बैंकले जनाएको छ ।

नेपाली जनताको घरदैलोमै  बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १०:३४ मा प्रकाशित

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा संचालन

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा संचालन

काठमाडौं । विगत डेढ दशकदेखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

सुनले नयाँ रेकर्ड कायम गर्यो, आज कति छ त बजार भाउ ? 

सुनले नयाँ रेकर्ड कायम गर्यो, आज कति छ त बजार भाउ ? 

काठमाडौँ । आज पनि सुन नयाँ रेकर्ड राखेको छ ।...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...