back
CTIZAN AD

सिटिजन्स बैंकले आँधीपीडितलाई १० लाख सहयोग गर्ने

वि.सं.२०७५ चैत २० बुधवार

762 

shares

२० चैत, काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ ।

आइतबार राति बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले र दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो ।

साथै बैंक प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट  गरेको छ  ।

बैंकले गरेको सामाजिक उतरदायीत्वको यो कार्यलाई हातमा हात मिलाउँदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न सक्ने  जनाएको छ ।

बैंकले आफुलाई पायक पर्नेे सिटिजन्स बैंकको जुनसुकै शाखा कार्यालयबाट ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सक्ने पनि जनाएको छ । ।

उक्त खातामा सहयोग गर्ने ग्राहकहरुको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने पनि बैंकले जनाएको छ ।

नेपाली जनताको घरदैलोमै  बैंकिङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १०:३४ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...