back
CTIZAN AD

केन्द्रीय समितिविरुद्ध काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने

वि.सं.२०७५ चैत २१ बिहीवार

591 

shares

२१ चैत, काठमाडौ ।  नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

बुधबारदेखि काठमाडौँमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाका सहभागीले पार्टीको महासमिति बैठकको भावनाअनुसार केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले सो अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धता अनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको भन्दै जिल्ला सभापतिहरुले नेतृत्वलाई भरथेग गर्न पनि अभियान चलाउनुपर्ने विषयमा छलफल भएको रोल्पाका सभापति अमरसिंह पुनले बताए ।

काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।

सभापतिहरूको भेलाले बारा र पर्साका हावाहुरीबाट प्रभावित बस्तीमा सबै जिल्लाबाट राहत र सहयोगका लागि आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । यसबाहेक भेलामा आन्तरिक सङ्गठन निर्माणका बारेमा छलफल हुनुका साथै सरकारका गलत काम कारवाही, बढ्दो महङ्गी, भ्रष्टाचार र असुरक्षाका विरुद्ध पनि मेची–महाकाली अभियान चलाउनुपर्ने विषयमा छलफल भएको नुवाकोटका सभापति जगदीशनर सिंह केसीले जानकारी दिए ।

भेलामा जम्मा ४१ सभापतिकोे उपस्थिति रहेको र त्यसमध्ये अधिकांशले आफ्ना धारणा राखिसकेका छन् । नौ सभापति बुधबार राति मात्र आइपुगेको र आज सबैले आफ्ना धारणा राखिसकेपछि भेला सम्पन्न हुने काठमाडौँका सभापति कृष्ण बाँनिया सबुजले जानकारी दिए । भेलामा उपस्थित हुन नसकेका केही सभापतिले टेलिफोनबाट पनि आफ्ना धारणा राखेका थिए । भेला सम्पन्नपछि आजै पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने तयारी गरिएको छ ।

भक्तपुरका सभापति दुर्लभ थापाले भने जिल्ला सभापतिहरुको कुनै औपचारिक कार्यक्रम नभएको भन्दै उक्त भेलामा संस्थापन पक्षका सभापतिको उपस्थिति नरहेको जानकारी दिए । भेलाका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयले पनि कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार ११:२३ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...