back
CTIZAN AD

हावाहुरीका कारण दुई हजार ४०४ घरमा क्षति पुगेको अनुमान

वि.सं.२०७५ चैत २१ बिहीवार

810 

shares

२१ चैत, काठमाडौँ । आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ ।

विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा र थप उपचार नजिकको विशेषज्ञ अस्पतालमा हुने प्रबन्ध मिलाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल २६, नेशनल मेडिकल कलेज ९६, कलैया अस्पताल १५, तराई अस्पताल दुई, गण्डकी अस्पताल १८ र वीरगञ्ज हेल्थ केयर युनिट १८, भवानी अस्पताल, एलएस न्युरो अस्पताल, एड्भान्स अस्पताल र काठमाडौँस्थित शिक्षण अस्पतालमा गरी १९५ को उपचार भइरहेको छ । शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये तीनजना घर फर्किसकेका अस्पतालले जनाएको छ ।
घाइतेको उपचारका साथमा मनोसामाजिक परामर्श सेवा जारी रहेको मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख चिकित्सक दीपेन्द्ररमण सिंहले जानकारी दिए । हावाहुरी प्रभावित घाइतेको उपचार अनुगमन गरी बुधबार फर्किनुभएका चिकित्सक सिंहले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्थानीय तह र प्रदेशसित सहकार्य गरी काम गरिरहेको जानकारी दिए ।

प्रभावित क्षेत्रमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का प्राध्यापक चिकित्सक निलम खड्का, सुवास कर्ण र रविरामले घाइतेको उपचार भइराखेका अस्पतालको निरीक्षण गरी स्वास्थ्यकर्मीलाई आवश्यक सरसल्लाह प्रदान गरी चिकित्सकीय अडिट गरिरहेको उनले बताए ।

हावाहुरीले बढी क्षति पु¥याएका कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिका स्थानीय स्वास्थ्य प्रदायक संस्थामा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । “स्थानीयस्तरमा सहज उपचारको व्यवस्था मिलाएको छाँै”, महाशाखा प्रमुख सिंहले भने ।

हालसम्म हावाहुरीका कारण २८ को मृत्यु भएको छ । एक हजार ४४ घाइते हुन पुगेका थिए । यसैबीच, मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्दै थप समस्या आउन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

नेपालको स्वास्थ्य सेवा सुधारका लागि आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधिसहितको सो बैठकले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्यसित सम्बन्धित क्षेत्र (पोषण, सरसफाइ, खोप, औषधि, स्वास्थ्यकर्मी) अभाव हुन नदिन मन्त्रालयमार्फत् गरेका सहयोगको विवरण प्रस्तुत गरेको थियो ।

बैठकमा संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनफपिए), सेभ दि चिल्ड्रेन, अमेरिकी विकास नियोग, बेलायत अन्तर्रा्ष्ट्रिय विकास नियोगका प्रतिनिधिले प्रभावित क्षेत्रमा खाद्यान्न, तारपोलियन, स्वास्थ्य सेवा, सरसफाइ, पोषणमा थप सहयोग गर्ने जानकारी दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले बताए ।

नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी बारामा एक हजार ८९५ र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका सोसाइटीले जनाएको छ । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले क्षतिको विस्तृत घरधुरी सर्वेक्षण कार्य शुरु भएको बताए । रेडक्रसले हालसम्म २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको र वितरण कार्य जारी रहेको जनाएको छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १७:४२ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...