back
CTIZAN AD

भाटभटेनी कम्प्लेक्समा सिलबन्दी

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

945 

shares

२३ कात्तिक, भक्तपुर, । नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ ।

मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं। ४७८ र ५ नं को पाँच हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माणकार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरेको हो ।

सुपर मार्केट सञ्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो । सिलबन्दीसँगै आजबाटै भवन निर्माणको काम ठप्प भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवतजावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदण्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढङ्गले निर्माण कार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताउनुभयो ।

“नक्सा पासको प्रक्रिया नपु¥याई निर्माण कार्य सुरु गरियो, पटक÷पटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो,” उहाँले भन्नुभयो ।

प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरेपनि ढिलाइ गरेकाले निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । सरकारी मापदण्ड पूरा गरेरै निर्माण कार्य अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १०:०३ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...