back
CTIZAN AD

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

1K 

shares

krishna-bahadur-mahara

२३ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल प्रारम्भ गर्नुभएको छ ।

विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी लिनुभएको हो ।

चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३।८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिनुभयो ।

बजेट खर्च नहुने र खर्च भए पनि आवको अन्त्य हुने समयमा मात्र त्यसले प्राथमिकता पाउने परम्परालाई तोड्नुपर्नेमा उहाँको जोड रहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १।३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भन्नुभयो – “एक करोड बजेट छुट्याएकामा रु एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो ।” उहाँले विद्युत् उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिनुभएको सल्लाहकार रेग्मीले बताउनुभयो ।

छलफलका क्रममा ऊर्जा सचिव उपाध्यायले विकास खर्चको प्रगति राम्रो भए पनि प्रक्रियागत रुपमा ढिलाइका कारण प
प्रगति स्पष्ट नदेखिको र केही आयोजना स्वीकृत हुन बाँकी रहेको जानकारी गराउनुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १०:०७ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...