Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

भाटभटेनी कम्प्लेक्समा सिलबन्दी



२३ कात्तिक, भक्तपुर, । नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ ।

मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं। ४७८ र ५ नं को पाँच हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माणकार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरेको हो ।

सुपर मार्केट सञ्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो । सिलबन्दीसँगै आजबाटै भवन निर्माणको काम ठप्प भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवतजावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदण्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढङ्गले निर्माण कार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताउनुभयो ।

“नक्सा पासको प्रक्रिया नपु¥याई निर्माण कार्य सुरु गरियो, पटक÷पटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो,” उहाँले भन्नुभयो ।

प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरेपनि ढिलाइ गरेकाले निर्माण कार्य अगाडि बढाएको बताउनुभयो । सरकारी मापदण्ड पूरा गरेरै निर्माण कार्य अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन