
२४ चैत, ताप्लेजुङ । लगातार चार महिना ओरालो लागेको मूल्यमा चैत दोस्रो साताको अन्तिम दिन देखिएको केही सुधार एक दिनभन्दा बढी नटिकेपछि अलैँची किसान तथा व्यवसायीमा पलाएको झिनो आशा फेरि मरेको छ । पूर्वी पहाडी जिल्लामा बिहीबार २३ हजार प्रतिशत ४० किलोग्रामको दरले अलैँची कारोबार भयो ।
मुख्य कारोबारस्थल झापाको बिर्तामोडमा २४ हजार पाँच सयदेखि २५ हजार प्रतिमनसम्मा कारोबार भएको अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टाराईले जानकारी दिए । चैत दोस्रो साताको अन्तिम दुई दिन मंगलबार र बुधबार झापामा २७ हजार प्रतिमनसम्ममा अलैँची कारोबार भएको थियो ।आइतबारको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २४ आइतवार ०८:२६ मा प्रकाशित