back
CTIZAN AD

मगर संघ बेलायतको अध्यक्षमा ले.सुनिल राना बिजयी

वि.सं.२०७५ चैत २४ आइतवार

654 

shares

मगर संघ बेलायतको अध्यक्षमा लेप्टीनेन्ट सुनिल राना बिजयी भएका छन् ।
शनिबार (अफ्रिल ६) मा भएको निर्वाचनमा ले. रानाले २४० मत ल्याएर बिजयी भएका छन् भने उनकी प्रतिद्धन्द्धी अनिता रानाले १८६ मत ल्याएर पछि परेकी छन् ।

अध्यक्षमा दुवैजनाको दावि रहेपछि प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने भन्दै निर्वाचनमा जानु परेको थियो । संघका अन्य पदाधिकारी सबै निर्विरोध निर्वाचित भएको पनि निर्वाचन कमिटीले जनाएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सीता पुन र उपाध्यक्षत्रयमा राम गलामी र लाल पुन,महिला उपाध्यक्षमा छबी माया पुन, महासचिवमा रुद्र थापा,सचिवमा सरला राना र  कोषाध्यक्षमा होम रोका मगर   रहेका छन् ।

त्यसै गरि सदस्यमा किशोर रानामगर, सरु रानामगर, निर्मल थापामगर, गजबिर थापामगर, दण्ड थापामगर, रमेश दुरामगर, मोहन थापामगर, टेक रानामगर र शिब रानामगर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ भने ४ पद पछि पदपूर्ति गरिने बताइएको छ ।

लण्डनको अल्डरसटमा अवस्थित कन्नत लेजर सेन्टरमा सम्पन्न अधिवेशनमा महासचिव, कोषाध्यक्ष र १२ वटा शाखाहरुले प्रतिवेदन पेश गरेका थिए ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:२० मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...