back
CTIZAN AD

जनसम्पर्क समिति बेल्जियमका दुवै समिति बिघटन

वि.सं.२०७५ चैत २४ आइतवार

981 

shares

नेपाली जनसम्पर्क समिति बेल्जियममा पछिलोपटक देखिएका विवाद समाधानका लागि दुवै कमिटि बिघटन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले विवादित दुवै समिति बिघटन गरेको जानकारी दिदैं पाँचौ अधिबेशन आयोजक तर्दथ समिति समेत गठन गरिएको बताइएको छ ।

‘नेपाली कांग्रेससँगको विधानसँग बाझिने गरि गरिएको कारबाही, जनसम्पर्क समितिको बिधान भन्दा फरक ढंगले गरिएको मनोनयनले थप विवाद बल्झिन गएको देखिन्छ’ केन्द्रीय सदस्य पौडेलद्धारा पाँचौ अधिबेशन मुल तयारी समितिकी संयोजक सीता सापकोटालाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ,‘नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसको विधान विपरीत गरिएका कार्बाही र नेजसको विधान बिपरीत गरिएका मनोनयन आजकै मितिदेखि रद्ध गरिएको छ । नेपाली कांग्रेसका नेताहरुलाई अपमानित गर्ने र पुन : सामाजिक संजालमार्फत् गलत अभिव्यक्ति दिने, व्यक्तिगत टिका टिप्पणी गर्ने जस्ता क्रियाकलाप तत्काल बन्द गर्न र पुन : नदोहोर्याउन सचेत गराइन्छ । हालसम्म पार्टी अनुशासन उल्लंघन गरी असमझदारी र समस्या उत्पन्न गराइएका घटनाहरुको प्राप्त विवरणहरु केन्द्रीय अनुशासन समितिमा पठाइनेछ ।’

त्यस्तै सोहि पत्रमा पाँचौ मुल समारोह तयारी समितिका लागि सीता सापकोटाको संयोजकत्वमा सुवास गुरुङ सहसंयोजक र दुवै पक्षका सल्लाहकारहरु, पदाधिकारीहरु तथा सदस्यहरुरहेको मूल समारोह समिति बनाइएको छ ।

त्यस्तै निर्वाचन सम्पन्न गर्नका लागि राम थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । उक्त निर्वाचन गराउन आवस्यक सम्पूर्ण कार्यहरु गर्नका लागि अख्तियारी दिइएको पनि सोहि पत्रमा जनाइएको छ ।

‘पार्टी केन्द्रद्धारा पौष १५, २०७५ (३० डिसेम्बर २०१८) प्रेषित परिपत्रको सम्मान गर्दै कार्यान्वयन गर्न क्रियाशील सदस्यता नविकरण गरी अप्रिल ९ २०१९ मंगलबार बिहान ८ बजेदेखि बेलुका २० ः०० बजेसम्म तोकिएको शुल्क तिरी निर्वाचन संयोजक समक्ष उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ ।’ पत्रमा भनिएको छ ।

त्यस्तै सोहि पत्रमा आगामी मइ महिनाको २४ तारिख भित्र पाँचौ अधिबेशन सम्पन्न गर्न पनि निर्देशन दिइएको छ । महादिबेशन सन्चालनका लागि विभिन्न व्यक्तिहरुलाई तोकिएको छ ।

जसमा उद्धघाटन सत्रका लागि सीता सापकोटाको सभापतित्व दिनेश भण्डारीको संचालन, देवु शर्माको स्वागत मन्तव्य, सुवाश गुरुङको धन्यवाद मन्तव्य, गोविन्द अधिकारीको सांगठनिक प्रतिवेदन, विराट जोशीको आर्थिक प्रतिवेदन (जुन प्रतिवेदन तयारीमा शिव खरेल ‘रामु’ ले सहयोग गर्ने छन् ) प्रस्तुत गर्ने पनि पत्रमा लेखिएको छ । साथै बन्द तथा समापन सत्रको कार्यक्रम ध्रुवराज पौडेलको संयोजकत्व र पूर्व सभापतिहरु र निर्वतमान सभापतिहरु सहितको अनुगमन तथा निरीक्षण समिति बनाइएको छ भने उक्त बन्दशत्रको संचालन अनुजा प्रधानले गर्नेछिन् ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:३३ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...