back
CTIZAN AD

हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो

वि.सं.२०७५ चैत २४ आइतवार

672 

shares

२४ चैत, गलेश्वर ।  यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका-१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किएका छन् ।

विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित ठाउँमा नै पुगेर उद्धारकार्यमा जुट्ने गरेका छन् ।

स्वयंसेवीका रुपमा स्वतःस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षीय पौडेल आफ्नो व्यक्तिगत सुखसयललाई समेत छाडेर अरुको पीडामा मल्हम लगाउने कार्यमा निरन्तर जुटिरहेका छन् । भूकम्प गएको पर्सिपल्ट गोरखाको आरुघाट पुगेर उद्धार र राहत वितरणमा जुट्नुभएका पौडेल त्यसपछि निरन्तररुपमा ३० भन्दा बढी ठाउँमा पुगेर स्वयंसेवी कार्य गर्दै आएका छन् ।

पछिल्लो समय हावाहुरीबाट आक्रान्त भएको भलुहिभर्वोलियमा पौडेलको नेतृत्वमा १५ विद्यार्थी सम्मिलित एक समूहले छ दिनसम्म लगातार पीडितको उद्धार, राहत र अन्य व्यस्थापकीय काम गरेर फर्किएको छ ।

“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।”

गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको हावाहुरीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतका लागि पहाडबाट गएका एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय, व्यवस्थापकीय र आर्थिक सहयोगका काम भएका फेटा–१ वडाध्यक्ष जयप्रकाश दासले बताए ।

हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाँड्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकूद सामग्री वितरण गरेको पौडेलले जानकारी दिए । पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकालाई चप्पल र नाङ्गो आङ भएकालाई आफूले सक्दो पैसा खर्च गरेरै भए पनि कपडा किनिदिएको उनले बताए ।

पौडेलले म्याग्दीमा जुटाएको करीब रु १ लाखको राहत सामग्रीसमेत वितरण गरेका छन् । छ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिएपछि पौडेलको टोली शनिबार फेटाबाट फर्किएको हो । नेपाली सेनासँग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फोहर व्यवस्थापन, महामारी फैलिन नदिने उपायलगायतका अन्य धेरै जनचेतनामूलक काम पनि गरेको थियो ।

वि.सं.२०७५ चैत २४ आइतवार ११:२४ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...