back
CTIZAN AD

न्यायालयको गरिमा धुलिसात भएको वरिष्ठ अधिवक्ता रमणको आरोप

वि.सं.२०७५ चैत २५ सोमवार

621 

shares

२५ चैत, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले न्यायालयको गरिमा धुलिसात भएको बताएका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतसँगै उच्च अदालतमा हालै गरेको १८ न्यायाधिश नियुक्ति सिफारिस विवादित बनिरहेका बेला वरिष्ठ अधिवक्ता श्रेष्ठको यस्तो अभिव्यक्ति आएको हो ।

अधिवक्ता श्रेष्ठले प्रजातन्त्र पुर्नस्थापनाअघि पञ्चायतकालमा न्यायालयको गरिमा उच्च रहेको बताउँदै अहिले न्यायालयको गरिमा धुलिसात पार्ने काम भएको र पञ्चयतकालमा भन्दा पनि लथालिंग र भताभुंग अवस्थामा रहेको अभिव्यक्ति दिएका छन् ।

उनले सर्वोच्च केटाकेटी खेलाउने थलो नभइ कुशल न्याय सम्पादन गर्ने ठाउँ भएकाले कसैलाई पनि अभ्यास गराएर न्यायाधिश बनाउने थलो नभएको बताएका छन् ।
सर्वोच्चमा योग्य व्यक्ति लैजानुपर्ने बताउँदै उनले भनेका छन्, ‘यहाँको न्यायाधिश हुन कम्तिमा १५ वटा मुद्दामा उसले फैसला गरेको हुनुपर्छ । न्याय सम्पादनको कुशलता र नजिर स्थापना पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर, प्रधानन्यायाधिश यसमा निकै बहकिनु भयो । न्याय परिषद्का सदस्यले फलानो नभई हुँदैन भनेपछि त्यहाँ राम्रा मान्छे छान्ने भन्दा नराम्रा मान्छेको लागि प्रतिष्प्रर्धा चलेको देखियो । यो लज्जा र बिडम्वनाको कुरा हो ।’

अधिवक्ता श्रेष्ठले अहिले सिफारिस गरेका व्यक्तिले भोली गरेका राम्रानराम्रा कामहरुको अपजस आफ्नो थाप्लोमाथि आउने हुनाले प्रधानन्यायाधिशले योग्य व्यक्ति छान्नु पर्दथ्यो भन्दै कुनै रोस्टरै नबनी छलफल नै नगरी, मापदण्ड नै नबनाई न्यायधिश सिफारिस गरेकोमा बिडम्बनापूर्ण भएको भन्दै खेदप्रकट गरेका छन् ।

‘न्यायलय अस्तव्यवस्त छ । यहाँ सुधार गर्नुपर्ने कुरा कति हो कति । बेहिसाव छन् । प्रवेशद्धारदेखि नै जनताले दुःख पाइरहेका छन् । ढिलो न्याय दिनु न्याय नदिनु हो भनिन्छ । तर, न्यायालयले यसमा ध्यान दिन सकेको छैन । वर्षौदेखि न्याय नपाएर जनता तड्पिएका छन्’ न्यायालयका बेतिथिबारेमा सोधिएको प्रश्नमा उनले भने,‘यसबाहेक अनियमितता, भ्रष्टाचार पनि उत्तिकै छन्, न्यायालयमा । कामगर्ने तौरतरिका र पद्दतिमा पनि समस्या छ । परिणामत : न्याय सम्पादनमा त्यसको असर परेको छ । व्यक्तिपिच्छे प्रणाली बसाइँदा अहिले अनेक समस्या छन् न्यायलयमा । यहाँ प्रधानन्याधिश फेरिँदा सबै मापदण्ड बदलिन्छ । कानुन मन्त्री अर्को आउँदा पनि यस्तै हुन्छ । त्यसैले समग्र प्रणाली विकासमा ध्यान दिनुपर्छ । अन्यथा यहाा भाडभैलो भइरहन्छ ।’ सोमबारको साँघु साप्ताहिकबाट

वि.सं.२०७५ चैत २५ सोमवार ०९:२९ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...