back
CTIZAN AD

अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै

वि.सं.२०७५ चैत २५ सोमवार

642 

shares

२५ चैत, काठमाडौ ।  नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागि पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

विसं २०७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न काङ्ग्रेसले यसअघि पनि अनुशासन समिति बनाएको थियो ।

यसअघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघटन भएको थियो । तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ३५० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ । त्यसमध्ये छानबिन गरी करीब २०० लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

काङ्ग्रेस विधानअनुसार कसुरका आधारमा पार्टी हितविपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्वनलगायत कारवाही गर्न सक्ने व्यवस्था छ ।

वि.सं.२०७५ चैत २५ सोमवार ०९:२३ मा प्रकाशित

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...