back
CTIZAN AD

भाइको नाममा एसईई परीक्षा दिने दाइ पक्राउ

वि.सं.२०७५ चैत २५ सोमवार

606 

shares

२५ चैत्र, लहान ।  माध्यमिक शिक्षा परीक्षा एसइईमा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका-५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका-५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विश्वकर्मा समाजको अध्यक्षमा बराल

नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाको चौथो जिल्ला अविधेशनले उमेशकुमार बरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रभुषण खाती र गेनीलाल विश्वकर्मा, सचिवमा देवालाल विश्वकर्मा, सहसचिवमा अर्जुन विश्वकर्मा र कोषाध्यक्षमा रिक्मा विश्वकर्मालाई चयन गरेको जनाएको छ ।

अधिवेशनले शिवदयाल विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको समाजले जनाएको छ । यसअघि हिजो अधिवेशनको एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य खिमकुमार विश्वकर्माले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा विश्वकर्मा सामुदायिक भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने सिरहाको गोलबजार नगरपालिका-३ जमदह मुसहर्नियाँ निवासी सङ्गीता विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वि.सं.२०७५ चैत २५ सोमवार १०:५५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...