२६ चैत, काठमाण्डौं । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।
संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघ अन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिल समेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्रय नहुने बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्धारा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग मन्त्री यादवले भने, ‘ संघीयताको सवालमा कुनै पनि खालको षडयन्त्र स्वीकार्य हुँदैन । सरकारले खटाएको ठाउँमा जानुपर्छ ।’ नजाने चिकित्सकलाई कारबाही गर्ने चेतावनी उनले दिए ।मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
वि.सं.२०७५ चैत २६ मंगलवार ०७:३२ मा प्रकाशित