back
CTIZAN AD

यस्तो दिनको प्रतिक्षा छ !

वि.सं.२०७५ चैत २५ सोमवार

780 

shares

भ्रम सही
तर यस्तो दिनको प्रतिक्षा छ-
भूतपूर्व शासकहरूका
करङ्ग भाँचिएका खवर छापियुन
उनीहरू
जेल परेका खवर छापियुन
कमसे कम समाचारले मातेर
भोकै पेट पनि
भर रात सुत्न सकुन मान्छेहरू मज्जाले !

कल्पना नै सही
यस्तो दिनको प्रतिक्षा छ-
अदालतको कठघरामा
रोइरहेको देखियोस हिजोको वादशाह
र फैसला सुनियोस-
सर्वस्व सहित जन्म कैदको
खवरको प्रसारणसँगै
उल्लासले ढाकियोस सडक
विजयोन्मादमा होस मेरो देश !

सपना नै सही
यस्तो दिनको प्रतिक्षा छ-
देशको हड्डी फोरेर मासी चुस्नेहरू
वैश्य युगका सवै वादशाहहरू
पाता कसिएका होऊन
र कोर्रा वर्षियोस उनीहरू माथि
उनीहरूको वासस्थान पनि झ्यालखान होस !

इतिहासले जरुर वदला लिन्छ
वदला नलिने हो भने
त्यो वास्तवमा अर्को युग नै होइन
अलपत्र परेको यात्राको मझधारमा उभिएर
यो देशको शासकले
देख्न प्रतिवन्ध ठोकेको
आतङ्ककारी सपना नै सही
म पटक पटक त्यही सपना देखिरहेछु !

यस्तो दिनको प्रतिक्षा छ-
मरे भनेर फालिएकाहरू
भकाभक चिहानबाट उठ्ने छन
र वाँचेका भनिएकाहरूको मलामी जाने छन !

यस्तो समयको प्रतिक्षा गर्नु
सरासर खतरनाक छ
थाहा भएर पनि त्यो कुरा
म त्यही दिनको प्रतिक्षामा छु !

२०७५|१२|२५
सुवर्ण चोक भक्तपुर

वि.सं.२०७५ चैत २५ सोमवार २०:०७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...