back
CTIZAN AD

तीन संचारकर्मीलाई सदुभावना दूतको मानार्थ उपाधिले सम्मान गरिने

वि.सं.२०७५ चैत २५ सोमवार

609 

shares

तीनजना नेपाली संचारकर्मीहरूलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिने भएको छ ।
नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूतको एक मानार्थ उपाधिका साथै बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका तीनजना नेपाली संचारकर्मीहरूलाई पनि अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसकै अवसरमा बैशाख १ गते २०७६ का दिन ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको हो।

रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत एवम् नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साईबर बैठकमा सदस्यहरु दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम) र निर्मल अर्याल (फ्रान्स) को उपस्थिति रहेको थियो।

स्मरण रहोस, प्रतिष्ठानका तीनै जना सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन्।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बताए।

वि.सं.२०७५ चैत २५ सोमवार २०:०२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...