
नेपालको विमानस्थलमा एनआरएन डेस्क स्थापना हुनु खुशीको कुरा भन्दै एनआरएनहरु खुशी भैरहेका बेला खाडी मुलुकका नेपाली भने त्यत्ति खुशी हुन नसकेको बताएका छन् । एन आर एन सोसल क्लब, ओमानका अध्यक्ष दिपक श्रेष्ठले प्रेस वक्तव्य जारी भनेका छन् “नेपालको अध्यागमन बिभागमा एनआरएन डेस्क खुलेर सम्पुर्ण एनआरएनहरुलाई खुशी लागेको छ तर खाडिमुलुक, कोरिया, मलेसिया लगायत अन्य कामदार एनआरएनहरुको लागि यो डेस्क काम लाग्ने जस्तो देखिएन ।”
एनआरएन डेस्कबाट एनसिसिको परिचयपत्रले समेत सुबिधा पाउने ब्यवस्था सहित एनआरएन डेस्क पुनर्स्थापना होस भन्ने आफूहरुको पहिलेदेखिको माग भएको स्मरण गर्दै तर त्यो आफूहरुले सोचे जस्तो नभएको जनाइएको छ। ‘जेभए पनि एउटा बाटो खुलेको छ । अब खाडी, मलेसिया लगायतका एनआरएनहरुलाइ समेत सुबिधा दिने ब्यवस्था गर्न उनले अनुरोध हुन हार्दिक अनुरोध गर्दछौ, वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा यसअघि नै गैरआवासीय नेपाली संघका अध्यक्षलाई पत्र लेखि नेपालको अध्यागमन बिभागमा एन आर एन डेस्क पुन संचालन गर्ने बारे माग गर्दै आइरहेको स्मरण गराएको छ। खाडी मुलुकका नेपालीहरुलाई एनआरएनएको सदस्य बनाएबापत कुनै सहुलियत दिन नसकिएका कारण सदस्य संख्या बढाउन नसकिएको जानकारी गराएँदै एनआरएन डेस्को उपभोग सबै नेपालीले उपभोग गर्न पाउने गरी व्यवस्था गर्न अनुरोध गरिएको छ ।
सो पत्रमा एनआरएनए सचिवालयद्वारा जारी गरिएको पन्जिकृत सदस्यका लागि दिइने परिचयपत्र प्राप्त एनआरएनले मात्र एनआरएन डेक्सको सुविधा लिन सक्ने व्यवस्था मिलाउन राम्रो हुने सुझाव दिइएको देखिन्छ ।एनसिसि मार्फत आइसिसिमा सदस्यता सिफारिस गरिएका सबै सदस्यहरुको विवरण उक्त डेस्कमा हुनेछ भने वैदेशिक रोजगारमा बिदाबाट फेरि बिदेश जादा कुनै खालको दुख सास्ति नभइ ससम्मान वैदेशिक रोजगारमा जान पाउने छन, भन्ने सुझाव दिइएको उल्लेख छ ।यस प्रकारको सुबिधाले हरेक वैदेशिक रोजगारमा रहेका नेपालीहरु स्वेच्छाले संस्थाको खोजी गरि सदस्यता लिने छन र पन्जिकृत सदस्यको वृद्धि अवश्य पनि धेरै गुणाले हुने अपेक्षा गरिएको छ ।
वि.सं.२०७५ चैत २५ सोमवार १९:५० मा प्रकाशित