back
CTIZAN AD

एनआरएन डेस्को सुविधा सबै नेपालीलाई होस् – एनआरएनए ओमान

वि.सं.२०७५ चैत २५ सोमवार

585 

shares

नेपालको विमानस्थलमा एनआरएन डेस्क स्थापना हुनु खुशीको कुरा भन्दै एनआरएनहरु खुशी भैरहेका बेला खाडी मुलुकका नेपाली भने त्यत्ति खुशी हुन नसकेको बताएका छन् । एन आर एन सोसल क्लब, ओमानका अध्यक्ष दिपक श्रेष्ठले प्रेस वक्तव्य जारी भनेका छन् “नेपालको अध्यागमन बिभागमा एनआरएन डेस्क खुलेर सम्पुर्ण एनआरएनहरुलाई खुशी लागेको छ तर खाडिमुलुक, कोरिया, मलेसिया लगायत अन्य कामदार एनआरएनहरुको लागि यो डेस्क काम लाग्ने जस्तो देखिएन ।”

एनआरएन डेस्कबाट एनसिसिको परिचयपत्रले समेत सुबिधा पाउने ब्यवस्था सहित एनआरएन डेस्क पुनर्स्थापना होस भन्ने आफूहरुको पहिलेदेखिको माग भएको स्मरण गर्दै तर त्यो आफूहरुले सोचे जस्तो नभएको जनाइएको छ। ‘जेभए पनि एउटा बाटो खुलेको छ । अब खाडी, मलेसिया लगायतका एनआरएनहरुलाइ समेत सुबिधा दिने ब्यवस्था गर्न उनले अनुरोध हुन हार्दिक अनुरोध गर्दछौ, वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा यसअघि नै गैरआवासीय नेपाली संघका अध्यक्षलाई पत्र लेखि नेपालको अध्यागमन बिभागमा एन आर एन डेस्क पुन संचालन गर्ने बारे माग गर्दै आइरहेको स्मरण गराएको छ। खाडी मुलुकका नेपालीहरुलाई एनआरएनएको सदस्य बनाएबापत कुनै सहुलियत दिन नसकिएका कारण सदस्य संख्या बढाउन नसकिएको जानकारी गराएँदै एनआरएन डेस्को उपभोग सबै नेपालीले उपभोग गर्न पाउने गरी व्यवस्था गर्न अनुरोध गरिएको छ ।

सो पत्रमा एनआरएनए सचिवालयद्वारा जारी गरिएको पन्जिकृत सदस्यका लागि दिइने परिचयपत्र प्राप्त एनआरएनले मात्र एनआरएन डेक्सको सुविधा लिन सक्ने व्यवस्था मिलाउन राम्रो हुने सुझाव दिइएको देखिन्छ ।एनसिसि मार्फत आइसिसिमा सदस्यता सिफारिस गरिएका सबै सदस्यहरुको विवरण उक्त डेस्कमा हुनेछ भने वैदेशिक रोजगारमा बिदाबाट फेरि बिदेश जादा कुनै खालको दुख सास्ति नभइ ससम्मान वैदेशिक रोजगारमा जान पाउने छन, भन्ने सुझाव दिइएको उल्लेख छ ।यस प्रकारको सुबिधाले हरेक वैदेशिक रोजगारमा रहेका नेपालीहरु स्वेच्छाले संस्थाको खोजी गरि सदस्यता लिने छन र पन्जिकृत सदस्यको वृद्धि अवश्य पनि धेरै गुणाले हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७५ चैत २५ सोमवार १९:५० मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...